चर्चाका लागि सामाजिक सञ्जालको दुरूपयोग

Photo: Breaknlinks

देशमा अहिले यौन दुर्व्यवहारका मुद्दाहरू बढ्दाे अवस्थामा छन्। अधिकांश मुद्दाहरू पुरूषहरूले नाबालिकासँग यौन दुर्व्यवहार गरेको मुद्दा दर्ता छन्। अधिवक्ताहरूले पनि यस्तो मुद्दा अहिले धेरै बढ्दै गएकाे बताएका छन्।

त्यसमध्ये पल शाहको एउटा चर्चित मुद्दा हो। शाहलाई नवलपुर अदालतले साढे २ वर्ष कैद र १० लाख जरिवाना गरेकाे छ। उनी पुर्पक्षका लागि थुनामा छन्।  शाहका वकिलहरू माथिल्लो निकाय जाने भन्ने कुरा बताइरहेका छन्। शाहलाई अदालतले दाेषी करार गरेर जेल चलान गरेपनि सामाजिक सञ्जालमा भने उनका सर्मथकहरूले पीडितलाई अपशब्द प्रयोग गर्दैआएका छन्। सामाजिक सञ्जालले  पीडितलाई झन् पीडा पुर्याउने काम गरिरहेकाे छ।

'सन्दिप लामिछाने सर्पोट' नामक फेसबुक पेजले शाहबाट पीडित भएकी पीडितलाई ठाडै 'देह व्यापारी' भनी गाली गरेको देखिन्छ। पीडितलाई मुख्य पात्र बनाएर उनकाे फाेटाे प्रयाेग गरेर सामाजिक सञ्जालमा पाेष्ट गरिएकाे छ। के भोलि एस्तो यौन दुर्व्यवहार  नाबालिकासँग भइरहँदा जहिले पनि पीडितलाई नै टाँस्ने हो र? 

यो पेजले पीडामा परेको पीडितलाई झन् पिडा पुर्याउन अगाडि सरेको छ। कसले गर्छ यो पेजलाई कारवाही? सामाजिक सञ्जाल हेर्ने निकाय कुन हो? साईबर क्राईम हेर्ने ब्यूराे के हेर्दै बसीरहेको छ? यदि हाम्रो देशको नेताहरूलाई सामाजिक सञ्जाल केहि नराम्रो मात्र लेख्यो वा भनियो भने तुरून्त्तै कारवाहि हुन्छ तर, पीडितलाई यस्तो भन्दा खोई त सरकार? 

पीडित आफैं पीडित भए पनि उनलाई अदालतबाट दिने भनिएको पैसा पनि नलिने भनेर भनिसकेकी छिन्। तर, यस्तो पेजहरूले आफनो पपुलारीटी  कमाउनको लागि जे मन लाग्छ त्यै लेखिएको पाईएको छ। साईबर  ब्यूराेले यस्तो पेजलाई तुरून्तै निगरानीमा राखेर कारवाहीको दायरामा ल्याउनुपर्छ। नत्र भने भोली जनताहरूले सबैको बिषयमा मनलाग्दी लेख्छन् र बोल्छन्।

अदालतले समिक्षालाई मानहानी बिरूद्ध क्षतिपूर्ति स्वरूप दिएको १० लाख रूपैयाँ नलिने निर्णय गर्दै फेसबुकमा गरेको पोष्टमा आएका कमेन्टहरू: 

प्रकाशित मिति: : 2022-09-14 17:50:00

प्रतिकृया दिनुहोस्