सुदूरपश्चिममा बाढी र पहिरोकाे वितण्डा : कैलालीमा १५ सयभन्दा बढी घर डुबानमा

लगातारको वर्षासँगै आएको पहिरो र डुबानका कारण सुदूरपश्चिम प्रदेश नराम्ररी प्रभावित बनेको छ।

बाढीका कारण कैलालीमा करिब १५ सय घर परिवार डुबानमा परेका छन्।

जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीका अनुसार कैलालीको पूर्वी क्षत्रका पाँच पालिकामा डुबानका कारण नागरिकलाई समस्या भएको छ।

जोशीपुर गाउँपालिकामा करिब चार सय, कैलारी गाउँपालिकामा एक सय ८०, टिकापुर नगरपालिकामा उक सय ७५, भजनीमा करिब ६ सय ८०, लम्कीचुहामा एक सय ५० घर डुबानमा परेकाे सूचना अधिकारी जोशीले जानकारी दिए।

ती स्थाान उद्धारका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको जोशीले बताए।

यसैगरी अछाममा पहिराेका कारण ठूलो जनधनको क्षति भएको छ। अछाममा पहिराेमा परी हालसम्म १७ मृत्यु भएकाे छ भने ६ जना बेपत्ता भएका छन्।

कञ्चनपुरकाे पनि सयौँ परिवार डुबानका कारण विस्थापित भएका छन्। वर्षापछि कञ्चनपुरएकाे छ। वर्षापछि कञ्चनपुरको मछेली, बनहरा र दोदा नदीको बाढी बस्तीमा पसेको प्रहरीले जानकारी दिएकाे छ।

प्रकाशित मिति: : 2022-09-17 13:24:00

प्रतिकृया दिनुहोस्