कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीको बैठक जारी

सत्तारुढ नेपाली कांग्रेसका पदाधिकारी, पूर्वपदाधिकारी र प्रदेश सभापतिको बैठक बालुवाटारमा जारी छ। 

नेपाली कांग्रेसमा संस्थापन र इतरपक्षबीच उमेदवारीको विषयमा कुरा मिल्न नसकेको पछि समानुपातिक बन्दसूचीलगायतका विषयमा सम्बाेधन गर्नका लागि बैठक बसेको हो।  

संस्थापन इतर शेखर कोइराला समूहले समानुपातिकतर्फ ११० को ४० प्रतिशत अर्थात् ४४ जनाको सूची दिएपनि संस्थापन पक्षले त्यसलाई सम्बाेधन नगरी संसोधित नामावली बुझाएपछि दुवै पक्षबीच रस्साकस्सी चलिरहेको छ।

संस्थापन पक्षले भने कोइराला समूहले बुझाएको सुचीको ३५ प्रतिशतभन्दा बढी समावेश गरेर बन्दसूची बुझाएको दावी गर्दै सहमतिमा आउन आग्रह गरिरहेको छ।

प्रकाशित मिति: : 2022-10-02 10:29:00

प्रतिकृया दिनुहोस्