तस्बिरमा हेर्नुहाेस् भुटेका गेडागुडीबाट बनाइएकाे मन्जुश्रीकाे आकृति

शनि शाक्य

ललितपुर

ललितपुरकाे साैगलस्थित सुम्बहालमा भुटेका गेडागुडीहरूबाट भगमानकाे आकृति बनाइएकाे छ।

विशेषगरी काठमाडाैँ उपत्यकाका नेवार समुदायमा असोज शुक्ल पूर्णिमा (कती पुन्ही, कोज्रागत पूर्णिमा) र कार्तिक शुक्ल पूर्णिमा (सकिमिला पुन्ही, सकिमना पुन्ही, हलिमली पुन्ही,जह्रा पिन्ही) आदिमा भुटेका गेडागुडीहरुबाट भगवानको आकृति बनाउने परम्परा रहेकाे छ।

पछिल्ला वर्षहरूमा याे परम्परा लाेपउन्मुख अवस्थामा रहेकाेले ललितपुरकाे सौगलस्थित सुम्बहाल नामसँगती खल:ले परम्परा संरक्षणकाे अभियानकाे रूपमा ५ वर्षदेखि निरन्तारता दिँदै आएकाे छ।

यस वर्ष पनि भुटेका गेडागुडीबाट मन्जुश्रीकाे आकृति बनाएर प्रदर्शनमा राखिएकाे छ। आइतबारदेखि सुरु गरिएकाे प्रदर्शनकाे आज अन्तिम दिन हाे।

प्रकाशित मिति: : 2022-11-08 07:49:00

प्रतिकृया दिनुहोस्