स्याङ्जाको सिरूबारी होमस्टेले रजत महोत्सव मनायो, पत्रकार भादगाउँले पुरस्कृत

स्याङ्जाको सिरुबारीले पर्यटन शुभारम्भको २५ वर्ष पुगेको अवसरमा धुमधामसँग रजत महोत्सव मनाएको छ।

सोहि अवसरमा ग्रामीण पर्यटन क्षेत्रमा दशकौंदेखि कलम चलाउँदै आएका पत्रकार अमृत भादगाउँले पुरस्कृत भएका छन्।

पत्रकार भादगाउँलेले नेपालका विभिन्न गाउँका कुनाकुना डुलेर उनले नेपालका विभिन्न जातजातीबारे संस्कृति, खाना र गन्तव्यबारे र त्यहाँका पर्यटकीय सम्भावनाको संचार माध्यामद्वारा प्रचारप्रसार गर्दै आएका छन्।

स्याङ्जा जिल्ला स्थित नेपालको पहिलो पर्यटन गाउँ सिरुबारीले रजत महोत्सवका अवसरमा उनलाई शुक्रबार २५ हजार दिएर पुरस्कृत गरेको हो।  

महोत्सवका प्रमुख अतिथि पर्यटन मन्त्री सुदन किराँतीले पत्रकार भादगाउँलेलाई सम्मानपत्र र नगद हस्तान्तरण गरेका हुन्।

वि।स। २०५४ सालमा स्याङ्जा जिल्लाको आँधीखोला गाउँपालिका वडा नं १ मा अवस्थित सिरुबारीमा भारतीय सेनाका रिटायर्ड क्याप्टेन रुद्रमान गुरुङको परिकल्पना एवम् अगुवाईमा सामुदायिक होमस्टे सुरु गरेका थिए।

ग्रामिण पर्यटनको सुरुवात सिरुवारीदेखि भएको थियो र सिरुबारी होमस्टेको अभ्यास नेपालभर फैलिएको छ।
 
‘गाउँ पर्यटनका नायक क्याप्टेन रुद्रमानको जीवनकथा शैक्षिक पाठ्यक्रममा समाबेश हुनु पर्छ’, उनले सुझाव दिदैँ सरकारको ध्यान दिन पर्ने वताए।सिरूबारी गाउँमा पर्यटन शुभारम्भ भएको २५ वर्ष पुगेका अवसरमा रजत महोत्सव मनाइरहेको छ।
  
बिहीबार साँझ गाउँमा आएका उनले एक रात सिरुबारीमा बिताएर शुक्रबार महोत्सव उद्घाटन गरेका थिए।
  
ग्रामीण पर्यटनको सुवास सिरुबारीमा पाउदा हर्षित र मोहित भएको प्रतिक्रिया दिए। गाउँलेको सत्कारले भावुक बनाएको बताउँदै उनले भने, 'विश्वभरका नेपाली र विदेशीलाई सिरुबारी गाउँ घुम्न आउन आग्रह गर्छु।'

गाउँलेहरुले फूलमाला र पञ्चै बाजाको धुन र झाँकी सहित आगन्तुकलाई भव्य स्वागत गरेका थिए। 

सिरुबारी सामुदायिक होमस्टेको आयोजनामा फागुन ५ देखि ६ गतेसम्म सिरुबारी गाउँमा विभिन्न कार्यक्रम भइरहेको छ। 

उक्त अवसरमा ग्रामीण पर्यटनबारे विमर्श, सांस्कृतिक कार्यक्रम, सम्मानलगायतका गतिविधि आयोजना गरिएको छ। 

प्रकाशित मिति: : 2023-02-17 21:35:00

प्रतिकृया दिनुहोस्