साइनाइड मल्लिका: जसले पूजापाठकाे नाममा सात महिलाकाे हत्या गरिन्

महिलालाई माया, ममता र प्रेमकाे प्रतीककाे रुपमा लिइन्छ। सामान्यतया महिला नरम र प्रेमिल स्वभावका हुन्छन् भन्ने आमबुझाइ छ। त्यसैले पनि महिला हत्या, हिंसा जस्ता क्रियामा संलग्न हुँदैनन् भन्ने कल्पना गरिन्छ। तर, कतिपय महिलाले भने आपराधिक दुनियाँमा प्रवेश गरेर तहल्का नै पिटिरहेका छन।

त्यस्तै मध्येकी एक हुन्, भारतकी केडी केम्पामा उर्फ ‘साइनाइड मल्लिका’। जसले सन १९९९ देखि २००७ सम्मकाे अवधिमा ७ महिलाको हत्या गरेकी थिइन्। उनी मन्दिरमा आउने भक्तजनलाई विभिन्न धार्मिक कुराको प्रवचन दिने र उनीहरुलाई आफ्नो वशमा पारेर साइनाइड नामक विष खुवाएर हत्या गर्ने गर्थिन।

बाल्यकाल

भारतको कर्णाटक राज्यको काग्गलीपुरामा जन्मिएकी केम्पामाले विभिन्र अभावहरूका साथ आफ्नो बाल्यकाल बिताइन्। यसका बाबजुद पनि उनी आफ्नाे काममा लगनशीलताका साथ लागिपरिरहन्थिन्। घरको आर्थिक अवस्था कमजोर थियो। त्यसकारण उनले सानै उमेरमा एक व्यापारीसँग विवाह गरिन्। विवाहको केही समयसम्म उनीहरुको व्यवसाय राम्रौ चलिरहेको थियो। तर, जब व्यापारमा घाटा हुँदै जान थाल्यो, तब श्रीमानले केम्पामाकै कारण व्यापारमा घाटा भएकाे भन्दाै घरबाट निकालिदिए।

श्रीमानले घरबाट निकालिदिएपछि उनी भौतारिँदै कामको खोजीमा लागिन्। र, एक जना सेठको घरमा घरेलु कामदारको रुपमा काम गर्न थालिन्। जँहा उनको काम थियो, कपडा धुने, घर सफा गर्ने, खाना बनाउने तथा बगैंचामा पानी हाल्ने। सुरु–सुरुमा त सेठ उनको कामदेखि खुसी थिए तर विस्तारै सेठ उनीसँग चिडिन थाले। अन्तत: राम्रो काम नगरेको भन्दै सेठले उनलाई कामबाट निकालिदिए। त्यसपछि उनले एक सुन पसलमा सहायकका रुपमा काम गर्न थालिन। तर, त्यहाँ उनले सानातिना सामान चोरी गर्न थालिन्। चाेरी गरेकाे खुलासा भएपछि उनले त्यस कामबाट पनि हात निकाल्नु पर्‍याे। उक्त कामबाट निकालिएपछि उनले धेरै ठाउँमा कामकाे खाेजी गरिन् तर काम पाउन सकिनन् र अपराधको बाटो रोजिन्।

आपराधिक यात्रा

केम्पामाले पहिलो हत्या सन १९९९ अक्टोबर १९ गरेकी थिइन्। उनको पहिलो पीडित थिइन्, ममथा राजन। जसलाई उनले मन्दिरमा प्रार्थना गरिरहेको बेला मारेकी थिइन्। उनले फिल्मबाट साइनाइडले मार्ने कुरा सिकेको नाटक गरेकी थिइन्।

केम्पामाको एउटा विशेष तरिका थियो। उनी प्रायः बैंगलोर नजिकै रहेका मन्दिरहरुमा जान्थिन् र मन्दिर परिसरमा निराश देखिएका महिलाको खोजीमा लाग्थिन्। जब उनी कोही निराश देखिएका महिलालाई देख्थिन् अनि नजिकै जान्थिन र उनीहरुको समस्या बताउन भन्थिन्। जब उनीहरुले आफ्नाे समस्या केम्पामालाई भन्थे उनी आफू धार्मतामा भएको बताउँदै उनीहरुको समस्या हल गराउने विश्वास दिलाउँथिन्।

त्यसपछि केम्पामा उनीहरुलाई सहरकाे कुनै एक मन्दिरमा पूजा गर्न बोलाउँथिन् र राम्रो लुगा र गहना लगाएर मात्र आउन अनुरोध गर्थिन्। महिलाहरू आफूसँग भएकाे पैसा र गहना सबै बाेकेर केम्पामा कहाँ जान्थे। केम्पामा महिलालाई उनीहरूले ल्याएका गहना र पैसाहरु एक ठाउँमा राख्न लगाउँथिन्। सबैलाई अमृतजलको नाममा साइनाइड मिसाएको पानी खान लगाउँथिन्। र, तिनीहरुको मृत्यु भएपछि पैसा र गहना कुम्लाएर फरार हुन्थिन।

जब-जब उनी महिलाहरुको हत्या गर्थिन्, त्यसकाे केही समयको लागि पहिरन बदलेर बस्थिन्। उनको दोस्राे सिकार सनातुरकी ६५ वर्षीया एलिजाबेथ थिइन्। उनी हराएकी नातिनी खोज्न मन्दिरमा प्रार्थना गरिरहेकी थिइन्।

केम्पामाले उनलाई एउटा पूजा गरे नातिनी कहाँ छिन् भन्ने थाहा पाइने बताउँदै सहर नजिकाे एक मन्दिरमा बोलाइन्। त्यही उनलाई पनि पुरानै तरिकाले हत्या गरिन् अनि उनको गरगहना र पैसा लिएर भागिन्। यसै तरिकाले उनले ६० वर्षीया यशोधम्मा, येलाहंकाकी मुनियाम्मा, पिल्लामा, नागवेनी र रेणुकाको पनि हत्या गरिन।

कसरी सार्वजनिक भयो घटना

रेणुकाका श्रीमान दुबईमा कार्यरत थिए। धेरै समयसम्म पनि श्रीमतीको फोन नलाग्ने भएपछि उनले दुबईबाट नै रेणुका हराएको भन्दै प्रहरीसमक्ष उजुरी दर्ता गराए। थोरै समयमा नै रेणुका हराएको खबर आगोसरी फैलियो। त्यसपछि प्रहरीले उनको घरमा आउने/जाने मानिसहरुको खोजी ग थाल्यो। जहाँ केम्पामा समेत समावेश थिइन्। र, प्रहरीले उनकाे खोजी गर्न थाल्यो।

गिरफ्तार तथा सजाय

जब सन २००७ अक्टोबरमा केम्पामा एक जनाको घरमा पूजा गर्न गइन्, प्रहरीले उनीबारे थाहा पायो। प्रहरीले तत्कालै उनलाई पक्राउ गरी अदालतमा पेश गर्‍यो। अदालतमा पेश गरिसकेपछि मात्र थाहा भयो कि उनले त्यसभन्दा पहिले पनि पक्राउ परेर ६ महिना जेलजीवन बिताइसकेकी थिइन्। र, अदालतमा उनले आफ्नो गल्ती स्वीकार गरिन्। तर, यतिमा मात्र अन्त्य भएन। किनकि, केम्पामालाई फेरि धेरै हत्याको लागि दोषी ठहराइयो। मुन्नियाम्मा र नागवेनीको हत्यामा मृत्युदण्ड दिइएयो र केम्पामा कर्नाटकमा डेथ पेनाल्टी (मृत्युदण्ड) पाउने पहिलो महिला बनिन्।

केडी केम्पामा उर्फ सिनाइड मल्लिका अझै पनि धेरैको लागि रहस्य बनेको छ। कुन परिस्थितिले उनी यी अपराध गर्न प्रेरित बइन् भन्ने प्रश्न अझै पनि प्रहरीको दिमागमा घुमिरहन्छ। 

प्रकाशित मिति: : 2023-05-09 20:30:00

प्रतिकृया दिनुहोस्