स्वर्गद्वारी दुर्घटना अपडेट: सात जनाकाे पहिचान खुल्याे, सबै जना दाङका

फाइल तस्बिर: मृत्यु भएका शाह परिवार।

प्युठानको स्वर्गद्वारी नगरपालिका– ३ भ्यागुतेमा गाडी दुर्घटनामा हुँदा मृत्यु भएका आठ जनामध्ये सात जनाको परिचय खुलेको छ।

जिल्ला प्रहरी कार्यालय प्युठानले दिएको जानकारीअनुसार मृत्य हुनेमा चालक दाङ लमही नगरपालिकाका ४९ वर्षीय तराबहादुर कुमाल, लमही नगरपालिका– ७ गढवाका ४० वर्षीय गोविन्द शाह, उनकी श्रीमती ३० वर्षीया राधा नेपाली र छोरा आदित्य शाह रहेका छन्।

यस्तै मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका– १५ कोठरी बस्ने वर्षीया ३५ सरिता शर्मा पोखरेल, उनका छोरा १६ वर्षीय विशाल पोखरेल र ९ वर्षीय विशाल पोखरेल छन्। अन्य थप एक बालकको परिचय खुलेको छैन।

प्युठानको स्वर्गद्वारी मन्दिर दर्शन गरेर फर्किँदै सोमबार दिउँसो बा १ च ६३४५ नम्बरको निजी जीप सडकबाट खसेर दुर्घटनामा परेको हो। जीप करिब ५० मिटर बढी तल खसेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: : 2023-06-12 19:02:00

प्रतिकृया दिनुहोस्