दाङकाे पद्मोदय विद्यालयका प्रशासन प्रमुख श्रेष्ठमाथि याैन दुर्व्यवहारकाे आराेप

BreaknLinks
BreaknLinks

दाङको नमुना विद्यालयको मान्यता प्राप्त गरेको घोराहीस्थित पद्मोदय विद्यालयका प्रशासन प्रमुख मिनेश श्रेष्ठमाथि याैन दुर्व्यवहारको आरोप लागेको छ। सोही विद्यालयमा अध्ययन गर्ने एक छात्राले आफूलाई याैन दुर्व्यवहार गरेको भन्दै सामाजिक सञ्जालमा लेखेकी छिन्।

ती छात्राले आफूलाई दुर्व्यवहार भएको भन्दै सामाजिक सञ्जालमा लेखेपछि उनको स्टाटस तीव्र रुपमा शेयर भइरहेको छ। छात्राले न्याय पाउनुपर्ने भन्दै सामाजिक सञ्जाल प्रयोगकर्ताले ‘जस्टिस फर...’ लेखेका छन्।

राष्ट्रिय स्वतन्त्त पार्टी (रास्वपा)का विकास योजना तथा नीति तर्जुमा विभागका सदस्य तथा गएको चुनावमा दाङ निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवार बनेका  ई.विशाल अधिकारीले कुनै पनि यौन दुर्व्यवहार अक्षम्य हुने भन्दै दोषीलाई कारबाही गर्न माग गरेका छन्।

छात्राले सामाजिक सञ्जालमा दुर्व्यवहार भएको कुरा उठाएपछि विद्यालय प्रशासनले चासो व्यक्त गरेको छ। बिहीबार बिहान छात्राको घरमा पुगेर उनका बुवाआमासँग कुरा गरिएको र के भएको भन्ने विषय जानकारी लिइएको विद्यालयका निमित्त प्रध्यानध्यापक मोहन अधिकारीले बताए।

अधिकारीले छात्रामाथि दुर्व्यवहारको आरोप लागेका मिनेशमाथि पनि सोधपुछ गर्ने तयारी भएको बिएल नेपाली सेवालाई बताए। मिनेश प्रशासन सहायक पदमा कार्यरत कर्मचारी हुन्। मिनेशले आफ्नो कुममा हात लग्ने, यता उता गर्ने गरेको ती छात्राले लेखेकी छिन्।

उनले भनेकी छिन्, ‘के सर भनेको म्यासेन्जरमा को-कोसँग बोल्छिस् ? कस्तो–कस्तो कुरा गर्छिस् ? राम्रोसँग गर्छिस् कि नराम्रो सँग ? भन्ने हो के सर भनेको कुममा हात राख्ने यताउता गर्ने हो ?’

छात्राले आफूलाई मिनेश सरले मार्नेसम्मको धम्की दिएको पनि स्टाटसमा उल्लेख गरेकी छिन्। उनले लेखेकी छिन्, ‘यो कुरा त्यरो साथीलाई भनिस् भने मारिदिन्छु भन्ने हो ? आज यस्तो मसँग भयो भोलि अरु कोहीसँग हुन सक्छ। त्यो बेला पनि हामी केटीहरु कति सहनी ?’

प्रकाशित मिति: : 2023-06-22 12:10:00

प्रतिकृया दिनुहोस्