‘मिस वर्ल्ड’ जितेर चर्चामा आएकी मानुषी चिल्लर (फोटोफिचर)

Image Courtesy: Getty
Image Courtesy: Getty

बलिउडकी अभिनेत्री तथा मोडल हुन्, मानुषी चिल्लर। त्यसका साथै उनी सन् २०१७ की ‘मिस वर्ल्ड’ पनि हुन्। विश्व सुन्दर भएर चर्चा कमाएकी उनको पहिलो फिल्म थियो, ‘सम्राट पृथ्वीराज’।

चर्चित अभिनेता अक्षय कुमारको अपोजिट खेलेको उनको पहिलो फिल्म ‘फ्लप’ भएको थियो। करीब १७५ करोड खर्च गरेर बनाएको उक्त फिल्मले मात्र ६८ करोड कमाएको थियो।

फिल्मलाई हिट बनाउनका लागि आफूले सक्दो मेहनत गरेपनि फिल्म फिट नभएको कारण आफू दुखी भएको उनले एक इन्टरव्यूमा बताएकी थिइन्, ‘मैले फिल्मको लागि भरपूर्ण मेहनत गरें तर सफल हुन सकिनँ। फिल्ममा अभिनय गर्ने हाम्रो कर्तव्य भएपनि त्यसको परिणाम हामीबाट बाहिर छ। तर दुर्भाग्यबस यो फिल्म मेरो पहिलो थियो। त्यसैले दुख लागेको छ। म धेरै निराश भएकी छु।’ 

पहिलो फिल्म फ्लप भएपनि आफूले काम गर्न भने नछोडेको उनले बताएकी छिन्।  

प्रकाशित मिति: : 2023-07-30 19:30:00

प्रतिकृया दिनुहोस्