जुम्लामा शृङ्खलाबद्ध आगलागी घटनामा संलग्न व्यक्ति पक्राउ

जुम्लामा शृङ्खलाबद्ध आगलागीका घटनामा संलग्न व्यक्ति पक्राउ परेका छन्। 

पक्राउ पर्नेमा गुठीचाैर गाउँपालिका -४ घर भई हाल चन्दननाथ नगरपालिका -१ मा बस्दै आएका ३० वर्षीया रत्न अधिकारी भएकाे डीएसपी प्रल्हाद कार्कीले बताए। 

उनले सुरुमा २०८० असार २६ गते गुठिचौर गा.पा.-४ बालु स्थित कृष्ण बहादुर अधिकारी घर अगाडि पार्किङ गरि राखेको अटोमा आगो लगाएका थिए। 

कृष्णबहादुर अधिकारीसँग रिसिबीई साँध्न अटाेमा आगाे लगाएकाे डीएसपी कार्कीले बताए। उनले भने, 'हामीले कृष्ण बहादुर अधिकारीलाई साेध्दा एक पल्ट चामलको विषयलाई लिएर पहिले विवाद भएको बताउनुभयाे।'

उनले सबैभन्दा धेरै घटना ०८० साउन ०५ गते घटाएका थिए। त्याे दिन सुरुमा चन्दननाथ -१ डुडाखोज स्थित रतन बहादुर बुढाको  घरको दोश्रो तलाको बारदलीमा झुण्डाइएको डस्नामा राती ११ बजे आगो लगाएका थिए। 

साेही दिन गुठीचौर -४ बिगारे बस्ने वर्ष ५६ को भिम प्रसाद घरको भुई तलामा राखेकाे गँहुको भुसमा राती ११:५५ बजे आगो लगाए।  

त्यसपछि राती  ०१:०० बजे गुठीचौर -४ खल्लावाडाका लाल चन्द्र सार्कीको ढुंगा माटोले घरको भुई तलाको गोठभित्र रहेको सुकेको घाँसमा आगो लगाए।

साेही राति ०१:०० बजे गुठीचौर -४ डाँडावाडा (क) का ५९ को कविदत्त न्यौपानेको घरको भुई तलाकाे आगनको झ्याल नजिकै रहेको खाटमा डस्ना, आगो लगाई झ्याल र बारदलिमा क्षति गरे।

राति ०१:३० बजे गुठीचौर ४ डाँडावाडा (ख) का कविदत्त न्यौपानेको घरको काठको भर्याङ्गमा आगाे लगाए। । 

राती ०१:४५ बजे गुठीचौर -४ धवलपुराका खडानन्द पाण्डेको घरमा आगो लगाए भने ०१:४५ बजे गुठीचौर-४ धवलपुराकै प्रेम प्रसाद न्यौपानेको घरमा आगाे लगाए। 

रातभरी आगाे लगाउँदै हिडेका उनले ०३:१५ बजे गुठीचौर -५ मा सडक स्तरोन्नतिको कामको सिलसिलामा पार्किङ गरि राखेकाे रारा तेन्जिन कन्ट्रक्सनको लु ५ त १२४४ नम्बरको ट्याक्टर  आगजनी गरेकाे प्रहरीले बताएकाे छ।

उनले श्रृंखलावद आगजनी गर्नुकाे  कारण आफू गरिब भएकोले कसैले पनि ऋण, उधारो समेत नपत्याउने र नदिने भए पछि निराश भई यस्तो कार्य गरेको भन्काे डीएसपी कार्कीले बताए। उनी आर्मीका जागिरे भएकाे र स्वास्थ्यका कारण उपादानमा छाेडेकाे बताइएकाे छ।

प्रकाशित मिति: : 2023-08-08 16:40:00

प्रतिकृया दिनुहोस्