सभापति पुनद्वारा सल्लाहकार समिति गठन, पार्टी थप चलायमान हुने विश्वास

फाइल तस्विर
फाइल तस्विर

नेपाली काँग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनले प्रदेश सल्लाहकार समिति गठन गरेका छन्। पार्टीका पुराना एवम् अहिले सक्रिय पदमा नभएका नेताहरूलाई समावेश गरेर समिति गठन गरेका हुन्।

पहिले पार्टीको मुख्य भूमिकामा रहेका तर पछिल्लो समय बाहिर रहेका नेताहरूबाट सल्लाह, सुझाव एवम् सांगठनिक अनुभव आदानप्रदानमा सहजता हुने विश्वासले समिति गठन गरिएको नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनले बताए। पार्टीमा रहेका पुराना अनुहारलाई साथमा लिनसकेमा पार्टी थप चलायमान हुने सभापति पुनको भनाइ छ।

लुम्बिनी प्रदेशबाट प्रतिनिधित्व गर्दै राष्ट्रिय राजनीतिमा महत्वपूर्ण भूमिका निर्वाह गरेका व्यक्तिहरू, राज्यका विशिष्ट वडाका पूर्वप्रशासकहरू र विभिन्न विषयका विज्ञहरूलाई जिल्ला तहको सिफारिसको आधारमा मनोनयन गरिएको कांग्रेस लुम्बिनीले बताएको छ।

सामाजिक रुपान्तरण, स्रोत साधनको परिचालन, खोज, अनुसन्धान एवम् नीति निर्माणका क्षेत्रमा सल्लाहकारहरूलाई सक्रिय बनाउने सभापति पुनको तयारी छ।

प्रकाशित मिति: : 2023-09-02 16:08:00

प्रतिकृया दिनुहोस्