एमाले लुम्बिनी: विष्णु पाैडेल समूहका कँडेल अध्यक्षमा निर्वाचित

एमाले लुम्बिनी प्रदेशमा एउटा उपसचिव बाहेक अन्य पदमा उपाध्यक्ष विष्णु पौडेल समूहको प्यानलै निर्वाचित भएको छ।

मंगलबार भएको निर्वाचनको बुधबार बिहान सार्वजनिक परिणाम अनुसार पौडेल समूहका राधाकृष्ण कँडेल अध्यक्षमा निर्वाचित भएका छन्।

४ सय ७९ मत ल्याएर कँडेल निर्वाचित हुँदा महासचिव शंकर पाेखरेल समूहका हरिप्रसाद रिजालले ४ सय ७७ मत प्राप्त गरेका छन्।

त्यस्तै, उपाध्यक्षमा कँडेल समूहकै भाेजप्रसाद श्रेष्ठ, उपसचिवमा भने रिजाल समूहका पूर्ण बुढामगर र महिला उपसचिवमा कँडेल समूहकी लिला रानामगर निर्वाचित भएकी छिन्।

सचिवमा यसअघि नै कँडेल समूहका लक्ष्मण आचार्य निर्विरोध निर्वाचित भइसकेका छन्।
 

प्रकाशित मिति: : 2023-09-06 05:32:00

प्रतिकृया दिनुहोस्