जब एकाएक फैलियाे सञ्जय दत्त र माधुरी दीक्षितको अफेयर चर्चा...

तस्बिर: सामाजिक सञ्जाल
तस्बिर: सामाजिक सञ्जाल

बलिउडका अभिनेता सञ्जय दत्तको डेटिङको इतिहास निकै लामो छ। उनको बायोपिक ‘सञ्जु’ मा अभिनेताले ३०८ जना युवतीलाई डेट गरेको र उनले तीन पटक विवाह गरेको उल्लेख गरिएको छ।

सञ्जय दत्त अहिले मनायता दत्तसँग विवाह गरेर खुसी छन्, तर माधुरी दीक्षितसँगको उनको कथित अफेयरलाई कहिल्यै बिर्सन सकिँदैन।

९० को दशकमा सञ्जय दत्त र माधुरी दीक्षितको अफेयर चर्चामा थियो। सन् १९९१ मा आफ्नो फिल्म ‘साजन’ को सुटिङका ​​क्रममा यी दुई एकअर्काको प्रेममा परेका र विवाह गर्ने योजना पनि रहेको खबर आएको थियो। तर, सन् १९९३ मा टाडा मुद्दामा सञ्जय पक्राउ परेपछि उनीहरुको सम्बन्ध टुटेको थियो।

सञ्जयले सधैं माधुरीसँगको सम्बन्धको खबरलाई अस्वीकार गर्दै आएका छन् भने अभिनेत्रीले भने यसबारे सधैं मौन धारण गरेकी छन्। सन् १९९३ मा एक फिल्म म्यागजिनलाई दिएको अन्तर्वार्तामा सञ्जयले माधुरीसँगको आफ्नो अफेयरको खबरलाई अस्वीकार गरेका थिए र यसका लागि उनीसँग माफी मागेको पनि सम्झेका थिए। 

उनले भनेका थिए, ‘हाम्राे अफेयरकाे खबर साजनको समयमा बाहिर आएको थियो। वास्तवमा, जब यो कुरा बाहिरियो, उनी केन्यामा खेलको सुटिङ गरिरहेकी थिइन्।

अन्तर्वार्तामा सञ्जयले साजनको सेटमा फेरि भेट हुँदा माधुरीसँग उनीहरुको कथित अफेयरको खबरका लागि माफी मागेको स्मरण गरे। उनले थपे, 'मीडियामा फैलिरहेकाे त्याे खबरकाे कारण मैले माधुरीसँग माफी मागेँ।'

यासर उस्मानको पुस्तक, सञ्जय दत्त: द क्रेजी अनटोल्ड स्टोरी अफ बलिउडको ब्याड ब्वाईको एउटा अंशका अनुसार, माधुरी दीक्षितले आफ्नो एक अन्तर्वार्तामा सञ्जय दत्तलाई आफ्नो मनपर्ने साथी भनेर बोलाएकी थिइन्, जसले उनलाई सधैं हँसाउने गर्छ। 

सञ्जय दत्तको बारेमा माधुरीको अन्तर्वार्ताले उनीहरुको कथित अफेयरको खबरलाई बढाएको थियो। त्यतिबेला सञ्जयले आफ्नी पहिलो श्रीमती ऋचा शर्मासँग विवाह गरेका थिए र उनीहरुको सम्बन्धविच्छेदको खबरहरु पनि आउन थालेका थिए। 

ऋचाकी बहिनी ईना शर्माले माधुरीलाई अमानवीय भन्दै सञ्जयसँग ऋचा को विवाह तोडेको आरोप लगाएकी थिइन्।

सन् १९९२ मा सिनेब्लिट्ज म्यागजिनसँगको अन्तर्वार्तामा माधुरीमाथि आलोचना गर्दै ईनाले भनिन्, 'माधुरी धेरै अमानवीय छिन्…मेरो मतलब माधुरीले आफूले चाहेको मान्छे पाउन सक्छिन्। तर विवाहित पुरूषलाई उनी कसरी पाउन सक्छिन्?'

प्रकाशित मिति: : 2023-09-20 19:00:00

प्रतिकृया दिनुहोस्