‘सडककाे हाल बेहाल छ’

सडक मर्मत नगरेसम्म दसैँका लागि अग्रिम टिकट नखुलाउने यातायात व्यवसायीले चेतावनी दिए। उनीहरुको चेतावनीले गर्दा यस वर्ष ढिला गरी अग्रिम टिकट खुल्यो।

सरकार र यातायात व्यवसायीबीचकाे सहमतिपछि अग्रिम टिकट खुल्यो। अहिले दसैँ मनाउन काठमाडौँबाट यात्रु बाहिरिरहेका छन्।

सरकारले अग्रिम टिकट खुलेसँगै छिटो सडक मर्मत गर्ने र यात्रा सहज बनाउने बतायो। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले बसको यात्रा सहज बनाउने प्रतिबद्धता जनाए।


दसैँका मुखमा राजमार्गका सडकहरू टालटुल पार्दै सरकार


अग्रिम टिकट काटेका यात्रु यात्रा गर्न थालिसकेका छन्। बस व्यवसायीले बस थप गरेर यात्रु राजधानीबाट बाहिरी जिल्ला लगिरहेका छन्।

तर सडक मर्मत हुन सकेको छैन। बस चालक सडकको दुरावस्था रहेको बताउँछन्। काठमाडौँ–सुर्खेत बस चलाउने चालक भीमबहादुर बोहोरा सडकको अवस्था हेर्ने हो भने बस चलाउनै मन नलाग्ने बताए।


दसैँमा सधैँ टिकटकाे सास्ती: पाइनै छाड्याे अग्रिम टिकट (फोटो/भिडियो)


पहिलेको अवस्थामा सडक फराकिलो भएपनि सडकमा बस सञ्चालनका लागि निकै तनाव रहेको उनको भनाइ छ।

कुन रुटमा सडकको अवस्था कस्तो छ? बस चालकको भनाइ यस्तो छ।

फाेटाे भिडियाे: मन्दिरा अधिकारी

प्रकाशित मिति: : 2023-10-13 18:16:00

प्रतिकृया दिनुहोस्