भ्वाइस अफ नेपाल फलो-अप

अमेरिकाका भुटानीले यसपटक ज्वाईँलाई बनाएछन् भ्वाइस अफ नेपाल

प्रदीप भट्टराई

वासिङ्टन डीसी

भ्वाइस अफ नेपाल सिजन ५ मा पनि अमेरिकामा रहेका नेपालीभाषी भुटानीको हरियो डलरले गतिलै काम गरेको पाइएको छ। 

विजेता बिनोद राई अमेरिकामा रहेका भुटानीहरूकै ज्वाइँ रहेको खुलेको छ। उनले भुटानी शरणार्थी रेनुका राईसँग विवाह गरेका हुन्।

उनकी श्रीमती रेनुका टेक्सासको ह्युस्टनमा बसोबास गर्छिन्। भुटानी शरणार्थी पुनर्बास कार्यक्रमअन्तर्गत अमेरिका आएकी रेनुकाको श्रीमानको हैसियतमा विनोद अमेरिका आएका थिए। विनोद अमेरिकी ग्रीनगार्ड बाहक हुन्। 

विनोदकी श्रीमती रेनुकाले आफूलाइ 'डटर अफ गड' भनेकी छिन्। क्रिश्चियन छोरीहरूले आफूलाई 'डटर अफ गड' भन्ने गर्छन्। योरमैत याक्खाका नाममा रहेको उनको फेसबुक अकाउण्टमाhttps://www.facebook.com/eormait.yakha  उनले आफूलाई यसरी नै चिनाएकी छिन्।

टेक्सासमा रहेका एक नेपाली युवाले यस अक्षरकर्मीले लेखेको https://breaknlinks.com/nepali/news/35226369 'नेपालीभाषीको हैन, नेपालकै भ्वाइस बन्यो भ्वाइस अफ नेपाल' शीर्षकको समाचार पढेर प्रतिक्रियामा लेखें, 'त्यस्तो हैन, यसपटक अमेरिकाका भुटानीले ज्वाइँलाई बनाए भ्वाइस अफ नेपाल।' उनले अमेरिकामा रहेका एक नेपाली भाषी भुटानी गीतकार बिकु दादाको फेसबुक अकाउन्ट सेयर गर्दै त्यसका भिडियोहरू हेर्न पनि आग्रह गरेका छन् । 

विकु आफै नेपाल गएर विनोदका लागि भोट माग्दै माइकिङ गरेको भिडियो फेसबुकमा देख्न सकिन्छ।https://www.facebook.com/100003512737552/videos/pcb.6755999161193775/2599566006871468

विनोद राईको जीतले कम्तिमा पनि नेपालले ग्रिनकार्ड भएको भए पनि नेपाली राहदानी बोक्ने नेपाली नै भ्वाइस अफ नेपाल पाएको छ। उनले नेपाल आउँदा जाँदा यसअघिका भ्वाइस अफ न्पाल किरण गजमेर र करणराईले जस्तो भिसा लिनुपर्दैन। यतिले मात्र पनि भ्वाइस अफ नेपालको लाज राखिदिएको छ।

बिनोदलाई जिताउन अमेरिकामा रहेका नेपाली भाषी भुटानीहरू भिडेर लागेको देखिन्छ। बिकु दादा मात्र हैन, अन्य केही भुटानी अगुवाहरू पनि गतिलै पैसा जम्मा गरेर उनलाई जिताउन नेपाल पुगेका थिए।

यसले फेरि पनि भ्वाइस अफ नेपाल बनाउन अमेरिकामा रहेका नेपालीभाषी भुटानीहरूको योगदान रहेको देखिन्छ। यद्यपि, विनोद राई यो उपाधिका लागि अयोग्य प्रतिस्पर्धी भने हैनन्। तर, यो पनि सत्य हो कि अमेरिकामा रहेका भुटानीले नसधाएको भए उनी विजयी हुने थिएनन् । प्रतिस्पर्धामा रहेका मकर योञ्जन विनोदभन्दा अब्बल थिए । तृतीय भएका कुमार र चतुर्थ भएका नोगेन पनि उनीभन्दा कम थिएनन् । 

विनोद राईको जीतले कम्तिमा पनि नेपालले ग्रिनकार्ड भएको भए पनि नेपाली राहदानी बोक्ने नेपाली नै भ्वाइस अफ नेपाल पाएको छ। उनले नेपाल आउँदा जाँदा यसअघिका भ्वाइस अफ न्पाल किरण गजमेर र करणराईले जस्तो भिसा लिनुपर्दैन। यतिले मात्र पनि भ्वाइस अफ नेपालको लाज राखिदिएको छ।

प्रकाशित मिति: : 2024-01-15 01:13:00

प्रतिकृया दिनुहोस्

    समाचचार सच्चाएर हाल्नुस

    • 3 महिना अगाडि
    • devi prasad Gurung