राजीनामा दिएपछि झारखण्डका मुख्यमन्त्री पक्राउ, नयाँ मुख्यमन्त्री सपथको पर्खाइमा

File Photo
File Photo

कठ्याङग्रिदो जाडोमा भारतीय राज्य झारखण्डको राजनीतिक तापक्रम उच्च छ। जमिन घोटाला प्रकरणमा मुछिएका मुख्यमन्त्री हेमन्त सोरेनलाई प्रवर्तन निर्देशनालय (ईडी)ले पक्राउ गरेको छ।

पक्राउ पर्नुअघि मुख्यमन्त्री सोरेनले झारखण्डका राज्यपाल सीपी राधाकृष्णनलाई मुख्यमन्त्री पदबाट राजीनामा दिएकाे पत्र बुझाएका थिए। राजीनामा दिएपछि मात्रै ईडीले उनलाई पक्राउ गरेको अधिकारीहरूले जनाएका छन्।

सहतमा उघ्रिँदै गरेकाे राजनीतिक नाटकबीच झारखण्डमा राजनीतिक संकट बढ्दै गएको छ। राज्यपाल राधाकृष्णनले हेमन्त सोरेनको राजीनामा स्वीकृत गरिसकेका छन्, तर नयाँ मुख्यमन्त्रीकाे लाइनमा रहेका चम्पाई सोरेनले पदको शपथ लिएका छैनन्।

केन्द्रीय सत्ता हातमा लिएकाे भाजपाकाे राज्यतिर डरलाग्दाे राजनीतिक चलखेल छ। ईडीकाे आडमा प्रधानमन्त्री नरेन्द्र माेदी नेतृत्वकाे सरकारले विपक्षी दललाई तर्साइरहेकाे छ। उनीहरूकाे गठबन्धन टुटाइरहेकाे छ।

संवैधानिक विज्ञ पीडीटी आचारीले झारखण्डका मुख्यमन्त्रीको राजीनामापछि नयाँ मुख्यमन्त्रीले सपथ नलिँदासम्म उनी नै कामचलाउ मुख्यमन्त्री रहने दाबी गरेका छन्। संविधान अनुसार यो पद रिक्त रहन नहुने उनले बताएका छन्।

प्रकाशित मिति: : 2024-02-01 07:15:00

प्रतिकृया दिनुहोस्