मङ्गोलियामा ग्यास विस्फोट : पाँचको मृत्यु

सांकेतिक तस्बिर
सांकेतिक तस्बिर

गत हप्ता मङ्गोलियामा भएको ग्यास विस्फोटमा घाइते भएका थप दुई जनाको पनि उपचारका क्रममा मृत्यु भएको नेसनल ट्रमा एन्ड अर्थोपेडिक रिसर्च सेन्टरले बिहीबार बताएको छ।

करिब ६० टन तरलीकृत प्राकृतिक ग्यास बोकेको ट्रक गत बुधबार बिहान कारसँग ठोक्किदा विस्फोट भएको थियो। देशको राष्ट्रिय आपत्कालीन व्यवस्थापन एजेन्सीले सुरुमा आगलागीमा तीन जना अग्नि नियन्त्रकसहित अन्य तीन जनाको मृत्यु भएको बताएको थियो।

घटनापछि थप तीन जना अग्निनियन्त्रकको मृत्यु भएको बताइएको थियो। राष्ट्रिय ट्रमा सेन्टरले बिहीबार एएफपीलाई थप दुई जनाको मृत्यु भएको र मृतकको सङ्या पाँच पुगेको बताएको छ।

प्रकाशित मिति: : 2024-02-02 06:42:00

प्रतिकृया दिनुहोस्