इरानमा शक्तिशाली भूकम्प: ५ जनाको मृत्यु,अजरबैजन पहाड चिराचिरा पर्‍यो

तस्बिरः एजेन्सी

इरानमा शक्तिशाली भूकम्पमा परी ५ जनाको मृत्यु भएको छ भने ३०० जनाभन्दा बढी घाइते भएका छन्।

इरानी अधिकारीहरुले दिएका जानकारीअनुसार स्थानीय समयअनुसार शुक्रबार बिहान २ः१७ बजेमा इरानको पूर्वी अजरबैजन प्रेदशमा केन्द्रविन्दु बनाएर ५.९ म्याग्निच्यूडको भूकम्प गएको हो।

आपतकालिन चिकित्सा सेवाका अधिकारीहरुले इरानको सरकारी टेलिभिजनलाई दिएको जानकारी अनुसार भूकम्पका कारण अजरबैजन पहाड चिराचिरा परेका छन् । त्यस गाउँका ३० भन्दा धेरै घर नष्ट भएका छन्।

प्रकाशित मिति: : 2019-11-08 11:07:17

प्रतिकृया दिनुहोस्