जापानको सेन्दाईमा ट्रकको ठक्करबाट एक नेपाली विद्यार्थीको मृत्यु

बिएल

जापानको सेन्दाईमा ट्रकको ठक्करबाट एक नेपाली विद्यार्थीको मृत्यु भएको छ। मृत्यु हुनेमा कास्कीका २६ वर्षीय चिरञ्जिवी गिरी रहेका छन्।

सेन्दाइको मियागिनो वार्डमा साइकलमा जेब्रा क्रसिङ गरिरहेका बेला ट्रकले ठक्कर दिएको स्थानिय संचार माध्यमहरुले जनाएका छन् । दुर्घटना लगत्तै गम्भीर घाइते गिरीलाई नजिकैको अस्पताल पुर्‍यइएको थियो ।

गिरीलाई अस्पताल पुर्‍याइए पनि डाक्टरहरुले उनलाई मृत घोषणा गरेको जानकारी गराइएको छ । ६० वर्षीय ट्रक ड्राइभरलाई प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ ।

मृतक गिरी गत जुलाईमा अध्ययनका लागि जापान पुगेका थिए ।

प्रकाशित मिति: : 2019-11-08 17:05:42

प्रतिकृया दिनुहोस्