कोरियामा बेरोजगारी संख्या २ वर्ष यताकै उच्च, उत्पादनमुलक क्षेत्रमा सबैभन्दा कम रोजगारी

तस्बिरः एजेन्सी

कोरियामा बेरोजगारी संख्या गत फेब्रुअरीमा मात्र १३  लाख नाघेको छ। सुस्त आर्थिक वृद्धिका कारण युवा बेरोजगारीको अवस्था उच्च रहेकाले समग्र बेरोजगारी दर उकालो लागेको बुधाबार प्रकाशित एक सरकारी प्रतिवेदनले देखाएको छ।

सरकारको अस्थिर मजदुर नीतिका कारण धेरै जसो उत्पादनमुलक क्षेत्रका कम्पनीले रोजगारी कटौती गर्न थालेपछि बेरोजगारी संख्या बढेको विज्ञहरू बताउँछन्।

यद्धपि सरकारले गत महिना मात्र २ लाख ६३ हजार नयाँ रोजगारी सृजना गरेको थियो। तर, पनि बेरोजगारीको संख्या भने घट्न नसकेको तथ्यांकमा उल्लेख छ।

गत फेब्रुअरीमा मात्र १ लाख ५१ हजार युवाले उत्पादनमुलक क्षेत्रको रोजगारी गुमाएका छन्। यसअघि जनवरीमा १ लाख ७० हजारले रोजगारी गुमाएका थिए।

यसरि रोजगारी गुमाउनुको मुख्य कारण महंगो मजदुर ल्याला रहेको भन्दै आर्थिक विश्लेकले लगातार बढ्दो ज्याला सम्बन्धी नीतिमा सुधार गर्नुपर्ने सरकारलाई सुझाव दिएका छन्।

उत्पादनमुलक क्षेत्रमा रोजगारी गुमाएपछि धेरैजसो युवा कृषि तथा मत्स्यपालनतर्फ आकर्षित हुन थालेका छन्।  ‘यसरी इच्छालेभन्दा पनि वाध्यतावस जिविकोपार्जनको लागि युवाहरु कृषि क्षेत्रर्फ आकर्षित हुनु राम्रो संकेत होइन,’ सियोल युनिभर्सिटीका अर्थविद युन छाङ ह्युनले बताए।

त्यस्तै अर्थमन्त्री होङ नाम्कीले अर्थ ब्यवस्था सम्बन्धी बैठकमा निजी क्षेत्रको लगानी सुस्त हुन गएकाले बेरोजगारी दर बढ्न गएको बताए। उनले मन्त्रालयले यो वर्ष भित्रै रेलमार्ग तथा अन्य बाटो निर्माणमा १३ ट्रीलियन कोरियन वन खर्च गर्न लागेकोले थप रोजगारी सिर्जना हुनेमा आफू विश्वस्त रहेको समेत दाबी गरे।

प्रकाशित मिति: : 2019-03-14 20:22:49

प्रतिकृया दिनुहोस्