
बिएल संवाददाता
काठमाडौं
अहिले बलिउडका शाहरूख र सलमान एकअर्काेसँग घनिष्ट छन्। तर कुनैबेला यस्ताे पनि थियाे सलमान खानसँग डराउने गर्थे शाहरूख खान। उनीहरूकाे एकअर्काेसँग कुनै बाेलचाली पनि थिएन। जसकाे कारण थिइन्, ऐश्वर्या।
५८ वर्षीय सलमान खान अहिले जति शान्त र नरम देखिन्छन्। कुनैबेला उनी त्यति नै घमन्डी र रिसाह थिए। उनकाे त्याे रिसाहमा धेरै कलकारहरू र गायकहरू परिसकेका छन्।
एकपटक रिसाएपछि फेरि बाेल्न चाहदैनन् सलमान खान कसैसँग पनि। कुनै समय निकै आक्रामक स्वभावका उनी अहिले निकै दयालु भएका छन्।
आफ्नाे फिल्महरूमा आफ्ना साथीहरूका लागि सित्तैमा साना भूमिकाहरू पनि गर्न तयार हुन्छन् उनी। उनको युवावस्थासँग सम्बन्धित धेरै कथाहरू प्रायः सुनिन्छन्। यस्तै एउटा किस्सा सलमान, शाहरुख र ऐश्वर्यासँग सम्बन्धित छ ।
सलमानसँग डराउँथे शाहरूख खान
अहिले बलिउडका शाहरूख र सलमान एकअर्काेसँग घनिष्ट छन्। तर कुनैबेला यस्ताे पनि थियाे सलमान खानसँग डराउने गर्थे शाहरूख खान। उनीहरूकाे एकअर्काेसँग कुनै बाेलचाली पनि थिएन। जसकाे कारण थिइन्, ऐश्वर्या।
सुन्दर हुनुका साथै ऐश्वर्या राय मिस वर्ल्ड पनि थिइन्। त्यसैले सलमान चाहदैनन् थिए कि ऐश्वर्या अरुकसैसँग नजिक हाेस्।
एकपटक शाहरूख खान आफ्नो फिल्म 'चलते-चलते' को सुटिङमा थिए। यो फिल्मका लागि ऐश्वर्या राय निर्माताको पहिलो रोजाइमा परेकी थिइन्। शाहरूख र ऐश्वर्याले फिल्मको सुटिङ गरिरहेका थिए। तर बीचैमा रिसले चुर भएका सलमान खानले शाहरूखलाई कराउन थाले।
सलमानकाे रिसकाे सिकार भएका शाहरूखले ऐश्वर्यालाई फिल्मबाट निकालेर रानी मुखर्जीलाई कास्ट गरेका थिए। ऐश्वर्याले एक अन्तर्वार्ताका क्रममा शाहरूखका धेरै फिल्मबाट बाहिरिएकाे बताइन्।
शाहरूख खानले पनि एक अन्तर्वार्तामा ऐश्वर्या रायसँग माफी मागेका थिए। पछि शाहरूख र सलमानबीच विवाद भएको थियो। तर अब एक पटक फेरि यी दुई खान असल मित्र बनेका छन्। यी दुई खान 'हम तुम्हारे हैं सनम', 'करण अर्जुन' र 'कुछ कुछ होता है' जस्ता फिल्ममा सँगै देखिएका छन्।
१ .
कोरियामा नेपाली कवि/कलाकार जीवन खत्रीलाई ‘रातो कार्पेट’
बिएल संवाददाता
-सियोल, दक्षिण कोरिया
२ .
पहिलो अमेरिकी नागरिक बने पोप
बिएल संवाददाता
-काठमाडौँ
३ .
४ .
५ .