
ललितपुरमा विपद् व्यवस्थापन तालिम, चारवटा डुंगा तयारी अवस्थामा
ललितपुर महानगरपालिकाले आयोजना गरेको नदीजन्य विपद् व्यवस्थापनको तालिम समापन भएको छ। मंगलबार ललितपुरमा आयोजित एक कार्यक्रमकाबीच १८ दिने उक्त तालिम समापन गरिएको हो। गत जेठ २८ गतेदेखि सुरु भएको सामूदायिक प्रकोप स्वयंसेवक तालिम र असार ८ गतेदेखि सुरु भएको र्याफ्ट डुङ्गा राउडलिङ र पानी उद्धार तालिमको सुरु गरिएको थियो। त्यस्तै मंगलबार ललितपुरको टौदहमा डुंगा प्रयोग गरेर उद्दारको डेमो समेत प्रस्तुत गरिएको थियो।

बिएल संवाददाता - ललितपुर