शुक्रबार, ०४ जुलाई २०२५

मन्त्री बर्खास्त गरेपछि चिढियो नाउपा, रेशम-रञ्जिताको एक स्वरः ‘अब हामी प्रतिपक्ष…’

सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामेश्वर चौधरीलाई मुख्यमन्त्री कमलबहादुर शाहले बर्खास्त गरेपछि गठबन्धनप्रति नाउपा चिढिएको छ। आफ्नो पार्टीसँग छलफल नै नगरी मन्त्रीलाई बर्खास्त गर्नु असंवैधानिक, अपमानजनक, र दुर्भाग्यपूर्ण रहेको भन्दै सरकारबाट बाहिरिने निर्णयमा नाउपाका नेताहरू पुगेका छन्। पावर टिलर वितरणमा अनियमितता गरेको आरोप लागेपछि मन्त्री चौधरीलाई मुख्यमन्त्री शाहले बिहीबार बर्खास्ती गरेका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘तालिबान’ सरकारलाई मान्यता दिने रुस पहिलो देश

सन् २०२१ तालिबान सरकार गठन भएपछि सबैजसो राष्ट्रहरूले आफ्ना दूतावास त्यहाँबाट हटाएका थिए। तर रुस भने फर्किएको थिएन। यसअघि सन् २०२२ मा तालिबानसँग अन्तर्राष्ट्रिय आर्थिक सम्झौता गर्ने पहिलो राष्ट्र पनि रुस नै थियो।  त्यसपछि गत अप्रिलमै रुसले तालिबानलाई आतंकवादी सूचीबाट पनि हटाएको थियो। र त्यो बेला रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले आतंकवादविरुद्धको लडाईंमा तालिबान एक सहयोगी बन्ने बताएका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

अब लागु हुनेछ ट्रम्पको ‘बिग ब्यूटिफुल बिल’, के छन् यसका विशेषताहरू?

ट्रम्पले यसलाई अमेरिकी ‘स्वतन्त्रता दिवसको सबैभन्दा महत्वपूर्ण र ऐतिहासिक उपहार’ भनेका छन्। त्यो विधेयक पारित गर्न जुलाई ४ का लागि ट्रम्पले अन्तिम समय दिएका थिए। जुलाई ४ अमेरिकी स्वतन्त्रता दिवस पनि हो।  निकै रस्साकस्सी र विवादका बीच यो विधेकका पक्षमा २१८ र विपक्षमा २१४ मत परेको थियो। आफ्नो कार्यकालका लागि ट्रम्पले यसलाई निकै महत्वपूर्ण जिते ठानेका छन्।  यो विधेयक लागु भएसँगै आगामी १० वर्षमा अमेरिकाको वित्तीय घाटामा थप ३३ अर्ब डलरभन्दा धेरै भार पर्ने र दशौं लाख मानिसहरू स्वास्थ्य बिमाबाट वञ्चित हुनसक्ने अनुमानअनुसार यो विधेयकको आलोचना भएको थियो। तर ह्वाइट हाउसले भने त्यसलाई अस्वीकार गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

आज फर्किदैं प्रधानमन्त्री

अपराह्न ३ः४५ बजे प्रधानमन्त्री ओली त्रिभुवन अन्तरर्राष्ट्रिय विमानस्थलमा पुग्ने जनाइएको छ । नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली यही असार १४ गते शनिबार स्पेन प्रस्थान गरेका थिए। स्पेनमा रहँदा प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरसबीच भेटवार्ता भएको थियो । यस्तै, स्पेन सरकारका अध्यक्ष (प्रधानमन्त्री) पेड्रो साञ्चेजबीच पनि दुईपक्षीय भेटवार्ता भएको थियो ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

मोहन बस्नेतमा रवि लामिछानेको भेरियन्ट देखियोः अजयबाबु शिवाकोटी

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले भ्रष्टाचारको संरक्षण गर्ने प्रवृत्तिमाथि आक्रामक टिप्पणी गरेका छन्। बैठकमा धारणा राख्दै शिवाकोटीले कांग्रेसभित्रैबाट पार्टीको आत्माकुण्ठित हुने अवस्था सिर्जना भएको आरोप लगाए। उनले पार्टीप्रति जनस्तरमा चुलिँदै गएको असन्तोषको चेतावनी सुनाए। शिवाकोटीले भ्रष्टाचारको आरोप लागेका नेताहरूको रक्षामा पार्टी नेतृत्व मौन बसेको आरोप लगाए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

वनमन्त्रीले ‘बर्खास्त’ गर्न चुनौती दिए, मुख्यमन्त्रीले हटाइदिए…

सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामेश्वर चौधरी बर्खास्त भएका छन्। आर्थिक विवादमा मुछिएका मन्त्री चौधरीलाई मुख्यमन्त्री कमलबहादुर शाहले केही दिनअघि नै राजीनामा दिन निर्देशन दिएका थिए। तर, चौधरीले आफू राजीनामा नदिने भन्दै बर्खास्त गरेर देखाउन चुनौती दिएका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - धनगढी

‘गृहमन्त्रीको राजीनामा’मा रास्वपाको अडान यथावत, सदनको अवरोध जारी राख्ने

राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को सचिवालय बैठकले भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानविन आयोग बनाउनुपर्ने र छानविनका लागि सहजीकरणका लागि गृहमन्त्रीले राजीनामा दिनुपर्ने विषयमा अडान कायम राख्ने निर्णय गरेको छ। बिहीबार पार्टी कार्यालयमा बसेको बैठकले गृहमन्त्रीले राजीनामा दिनुपर्ने विषयमा अडान र संसदमा यस विषयमा भइरहेको प्रतिरोध कायम राख्ने निर्णय गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘कुलिङ पिरियड’मा तोडमोड प्रकरणः छानबिन समिति बनाउने विषयमा छलफल

कुलिङ अफ पिरियडसम्बन्धी व्यवस्था फेरबदल गरेको विषयमा छानिबन समिति गठन हुने भएको छ। ‘संघीय निजामती सेवा विधेयक २०८०’ को कुलिङ अफ पिरियडसम्बन्धी व्यवस्था फेरिएको विषयमा छानबिन समिति गठन गर्नेबारे सभामुख देवराज घिमिरेले प्रमुख दलका सचेतकहरूसँग छलफल गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

दिलभुषण पाठकलाई २५ हजार धरौटीमा छाड्न आदेश

जिल्ला अदालत काठमाडौंले पत्रकार दिलभूषण पाठकलाई २५ हजार धरौटीमा छाड्न अदालतले आदेश दिएको छ। बिहीबार न्यायाधीश खेमराज भट्टको इजलासमा भएको बयान र थुनछेक बहसपछि पाठकलाई धरौटीमा छाड्न आदेश भएको हो। विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन अन्तर्गतको कसुरमा उनी आफैं अदालतमा हाजिर भएका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

राप्रपाले थाल्यो उपनिर्वाचनको तयारी

राप्रपाले रुपन्देहीको क्षेत्र–३ मा हुने उपनिर्वाचनका लागि आवश्यक तयारी थालेको छ। बिहीबार पार्टी कार्यालय धुम्बाराहीमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले निर्वाचनको आवश्यक प्रक्रिया र तयारी थालेकाे प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

अमेरिकी स्वतन्त्रता दिवस : आतंकवादी आक्रमणको ‘त्रास’

यो दिनलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इतिहासकै सबैभन्दा भव्य बनाउने घोषणा गरिसकेका छन्। सुरक्षा अधिकारीहरूले स्वतन्त्रता दिवस मनाउनका लागि आयोजना भएका समारोहमा एकल वा सामूहिक आतंकवादी आक्रमण हुनसक्ने सूचना पाएको बताएका छन्।  त्यस्तो सम्भावित जोखिमलाई ध्यान दिँदै सबै सुरक्षा निकाय उच्च तयारीमा रहेको र कुनै पनि आक्रमणलाई निस्तेज पारिदिने पनि उनीहरूले जनाएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

मलाई कुनै स्पष्टीकरण साेधिएकाे छैन– रामकुमारी झाँक्री

‘केही शक्तिशाली पदाधिकारीहरुले मिडियामा स्पष्टीकरण सोध्नुभएको रहेछ, मलाई त सोधिएको छैन,’ झाँक्रीले भनिन्, ‘टेलिभिजनमा स्पष्टीकरण सोधिन्छ, पार्टीबाट निकालिन्छ भन्ने सुनेको थिएँ, मैले बोलेको कन्टेनको हिसावले। १५ गते यसबारे कुनै क्रिया, प्रतिक्रिया नदिनु भनेर निर्देशन पनि जारी गरेको थियो।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

यु–१६ इस्ट जोन कप : नेपालको सहज फाइनल यात्रा

नेपाल एसिसी मेन्स यु–१६ इस्ट जोन कप क्रिकेटको फाइनल पुगेको छ।  जारी प्रतियोगिताअन्तर्गत बिहीबार भएको सेमिफाइनल खेलमा नेपालले मलेसियालाई नौ विकेटले हराएर फाइनलमा पुगेको हो।  मलेसियाले दिएको ९१ रनको लक्ष्य नेपालले १४.४ ओभरमै भेटाएको थियो। त्यसक्रममा नेपालको एक विकेटको क्षति भयो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

युक्रेनसँग लड्न ३० हजार सैनिक रुस पठाउँदै उत्तर कोरिया

उत्तर कोरियाली सैनिकहरू हजारौं किलोमिटर पार गरेर साइबेरिया हुँदै रुसको युद्ध क्षेत्रतर्फ प्रस्थान गरिसकेका छन्। त्यसका लागि युद्धपोत बिमानहरू, तथा सामुद्रिक हतियारहरू र बन्दोबस्तीका सामग्रीहरू रुसले तयारी अवस्थामा राखेको छ। वायु सेनाका लागि कैयौं विमानस्थलहरू र जलसेनाका लागि बन्दरगाहहरू पनि तयारी अवस्थामा छन्।  रुस र उत्तर कोरियाबीच राजनीतिक र कुटनीतिक सम्बन्ध झाँगिदै जाँदा अब सैन्य साझेदारी पनि बलियो हुँदै गएको देखिन्छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

प्रधानन्यायाधीश नै अल्पमतमा परेपछि ५२ संवैधानिक पदाधिकारीको नियुक्ति सदर

बुधवार अन्तिम फैसला सुनाउनका लागि बिहानैदेखि न्यायाधीशहरू छलफलमा जुटेका थिए। दिनभरको छलफलमा पनि निर्णय टुङ्गो नलागेपछि उनीहरूबीच राय बाझिएको थियो। उक्त नियुक्ति सदर गर्ने पक्षमा नरहेका प्रधान न्यायाधीश प्रकाशमानसिंह राउत र न्यायाधीश नहकुल सुवेदी अल्पमतमा परेपछि बहुमतले नियुक्ति सदर भएको हो। संवैधानिक इजलासका पाँच सदस्यमध्ये वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल तथा न्यायाधीशद्वय डा. मनोजकुमार शर्मा र कुमार चुँडालले रिट खारेजीको पक्षमा राय लेखेका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

कुलिङ परियडमा जालझेल : छानबिन समिति बनाउन सभामुखको सक्रियता

बुधबारमात्रै बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकले पनि उक्त विषयमा छानबिन समिति बनाउनका लागि सभामुखलाई आग्रह गर्ने निर्णय गरेको थियो। सभामुख देवराज घिमिरेले छानबिन समिति कस्तो बनाउने र त्यसको कार्यादेश कस्तो हुने भन्नेबारेमा बुधबार नै पार्टीका प्रमुख सचेतकहरूसँग परामर्श थालेका छन्।  समितिको निर्णय लगत्तै सभामुखले छानबिन समितिबारे परामर्श सुरु गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

तरुण दलको महाधिवेशन मंसिरमा हुने, कार्यकर्ता आमरण अनसनमा

भित्र बैठकमा महाधिवेशनको मिति तय हुँदै गर्दा पार्टी कार्यालय सानेपामा तरुण दलका असन्तुष्ट समूह आज पनि आमरण अनशन जारी राखेका छन्। नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक बस्नु एक दिन अघिदेखि कार्यालयको मूल गेटमा रोजन राई र अम्बिका बाँस्कोटाले आमरण अनशन सुरु गरेका हुन्। अनशनमा रहेका उनीहरुले माग पूरा नभएसम्म अनशन नतोड्ने बताएका छन ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

गठबन्धनलाई ०८४ सम्म लैजानुपर्छ– गृहमन्त्री

गृहमन्त्री रमेश लेखकले वर्तमानमा सत्ता गठबन्धनलाई २०८४ सम्म लिएर जानुपर्ने बताएका छन्। बुधबार डडेल्धुरामा पार्टी कार्यकर्तासँगको भेटघाट कार्यक्रममा गृहमन्त्री लेखकले कांग्रेस र एमालेको गठबन्धन विकल्प नभएको बताएका हुन्। उनले भने, ‘मैले हिजो पनि पार्टीको केन्द्रीय समिति बैठकमा ८४ सम्म यो गठबन्धनलाई निरन्तरता दिनुपर्छ। सरकार बनेको १ वर्ष हुन थालिसकेको छ। सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यू हुनुहुन्छ। एक वर्ष पछि हाम्रो पार्टी सभापति आदरणीय नेता शेरबहादुर देउवा प्रधानमन्त्री बन्नुहुन्छ। ८४  को निर्वाचन शेरबहादुर दाइले गर्नुहुन्छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

कर्णाली विकास बैंक घाेटाला प्रकरण: एमाले नेता मिश्र पक्राउ

नेकपा एमालेका केन्द्रीय सदस्यसमेत रहेका कर्णाली विकास बैंकका पूर्वअध्यक्ष पशुपति दयाल मिश्र पक्राउ परेका छन्। कर्णाली विकास बैंकमा रकम अपचलन प्रकरणमा उनी पक्राउ परेका हुन्। विसं २०६६ सालदेखि ०७५ सालसम्म उनी बैंकका अध्यक्ष थिए। नेपालगञ्जबाट उनलाई बुधबार पक्राउ गरिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआईबी० का प्रवक्ता तथा एसपी युवराज खड्काले जनाएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

देश आन्दोलन गर्नैपर्छ– राजेन्द्र लिङ्देन

आम जनतालाई ठिक तरिकाले बुझाउन नसक्दा आन्दोलनलाई प्रभावकारी बनाउन नसकेको भन्दै उनले भने, ‘हामीले ठिक तरिकाले संगठन निर्माण गर्न नसक्दा र आम जनतालाई ठिक तरिकाले बुझाउन नसक्दा हामीले आन्दोलनलाई प्रभावकारी र परिणाममुखी बनाउन सकेनौँ। तर फेरि पनि भन्छु हामीले यो देशमा यथास्थितीको अन्त्य गरेर एउटा नयाँ सम्झौता र समझदारीबाट देशलाई अगाडि लानको लागि आन्दोलन गर्नैपर्छ र आन्दोलन उठाउनै पर्छ। आन्दोलन अनिवार्य छ र हामीले गर्ने संगठनको सबै क्रियाकलापहरु आन्दोलनको तयारीको रुपमा नै हामीले बुझ्नुपर्छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं