
महिला फुटबलमा कप्तान साम्बाको जादु, लाओसको पोस्टमा नेपालको ९ गोल
उज्वेकिस्तानमा जारी एएफसी महिला एसियन कप छनोटको पहिलो खेलमा नेपाल लाओसलाई ९-० को गोल अन्तरले पराजित गरेको छ। नेपाली महिला टोलीमा कप्तानको रुपमा डेब्यु गरेकी साम्बाले पहिलो खेलमै पाँच गोल गरेकी हुन्। जितसँगै कप्तानमा साम्बाको सानदार सुरुवात भएको छ। यस्तै सरु लिम्बु, अनिता बस्नेत, रश्मीकुमार घिसिङ र अनिता केसीले एक-एक गोल गरे।

बिएल संवाददाता - काठमाडौं