
नेपाली कांग्रेस: पक्ष, विपक्ष र महाधिवेशनको गाँठो
अर्कातर्फ कांग्रेसका शुभेच्छुक तथा मुख्य भातृ संगठनको अधिवेनको विवाद चरम रुपमा बढेको देखिन्छ। कतिपय संगठनका कार्यकर्ताहरू पार्टी मुख्यालयमा विरोधमा बसेको अवस्था छ। जस्तो कि नेपाल तरुण दल। कांग्रेसको संगठनका विषयमा अर्को महत्वपुर्ण पक्ष भनेको महामन्त्रीहरूको सक्रियता र उनीहरूले प्रस्तुत गर्ने कार्यक्रम पनि हो। तर के त्यो विषयमा कांग्रेसभित्र निर्मम छलफल होला त? वा पार्टीका आगामी कार्यक्रमका विषयमा केही नयाँपन आउने सम्भावनाको अवस्था कसरी अघि बढ्ला भन्ने विषयमा पर्खनुपर्ने देखिन्छ। दुई दिन यता जारी कांग्रेसको केन्द्रीय समिति बैठकमा महाधिवेशनको मिति तोक्न पनि लविङ्ग र दवाबको प्रयास भइरहेका बुझिन्छ।

बिएल संवाददाता - काठमाडौं