आइतबार, ११ मे २०२५

अमेरिकाद्वारा आफ्ना नागरिकलाई भारत-पाकिस्तान सीमामा नजान निर्देशन जारी

अमेरिकी विदेश मन्त्रालयले भारत-पाकिस्तान सीमा नजिकका क्षेत्रहरू र नियन्त्रण रेखा नजिकका स्थानहरूमा यात्रा नगर्न आफ्ना नागरिकहरूलाई निर्देशन जारी गरेको छ। सीमा क्षेत्रमा आतङ्कवाद र सशस्त्र द्वन्द्वको सम्भावनाका कारण यात्रा नगर्न मन्त्रालयले अनुरोध गरेको हो। साथै, मन्त्रालयले पाकिस्तानको अन्य क्षेत्रहरूमा पनि यात्रा पूनर्विचार गर्न आग्रह गर्दै ‘रिकन्सिडर ट्राभल’ सल्लाह दिएको छ। भरत-पाकिस्तान ‘ड्रोन र मिसाइल’ युद्ध चलिरहँदा पाकिस्तानमा रहेको अमेरिकी दूतावासले पाकिस्तानमा रहेका आफ्ना नागरिकलाई र पाकिस्तान यात्रा गर्न चाहने यात्रुहरूलाई यात्रा पुनर्विचार गर्न बिहीबार ट्राभल एडभाइजरी जारी गरेको हो। दूतावासले पाकिस्तान र भारतबीचको अवस्था परिवर्तनशील भइरहेकाले यसको विकासक्रमलाई नजिकबाट अनुगमन गरिरहेको जनाउँदै यस्तो सूचना जारी गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - इस्लामावाद

पाकिस्तानले भारतसँग बदला लिन सेनालाई दियो ‘खुला छुट’

पाकिस्तानी प्रधानमन्त्री शेहबाज शरिफले बुधबार देशको शीर्ष राष्ट्रिय सुरक्षा निकायले आफ्नो सशस्त्र सेनालाई पाकिस्तानी भूभागमा भएको भारतीय आक्रमणको प्रतिक्रियामा ‘सोही प्रकृतीको कारबाही’ गर्ने अधिकार दिएको बताएका छन्। प्रधानमन्त्री शरिफले राष्ट्रिय सुरक्षा समितिको बैठकको अध्यक्षता गरेपछि एक विज्ञप्ति जारी गर्दै उनको सचिवालयले भनेको छ, ‘पाकिस्तानको सशस्त्र बललाई यस सम्बन्धमा सम्बन्धित कारबाही गर्न विधिवत रूपमा अधिकार दिइएको छ।’ विज्ञप्तिमा भनिएको छ, ‘संयुक्त राष्ट्र संघको बडापत्रको धारा-५१ अनुसार, पाकिस्तानले निर्दोष पाकिस्तानी जीवनको क्षति र आफ्नो सार्वभौमसत्ताको स्पष्ट उल्लङ्घनको बदला लिन आफ्नो रोजाइको समय, स्थान र तरिकामा आत्मरक्षामा प्रतिक्रिया दिने अधिकार सुरक्षित राख्छ।’

बिएल संवाददाता

बिएल संवाददाता - इस्लामावाद

पाकिस्तानमा भीषण ‘असिना वर्षा’ले उत्पात

बुधबार साँझ पाकिस्तानमा असिनासहितको भारी वर्षा भएको छ। भारी वर्षा र असिनापानीले पाकिस्तानको राजधानी इस्लामाबाद र अफगानिस्तानको सीमावर्ती खैबर पख्तुनख्वा प्रान्तका धेरै भागमा विनाश मच्चाएको छ। इस्लामाबादमा भएको भीषण असिना वर्षाले सयौं गाडी, घर र अन्य सम्पत्तिमा व्यापक क्षति पुर्‍याएको छ। सडकहरूमा पानी जमेको, गाडीका सिसा फुटेका र सोलार प्यानलहरू नष्ट भएको दृश्य सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - इस्लामावाद

म्यानमार भूकम्पः मृत्यु हुनेको संख्या ३ हजार ६ सय नाघ्यो

म्यानमारमा विनाशकारी भूकम्पमा परी मृत्यु हुनेको संख्या ३ हजार ६०० पुगेको छ। भूकम्पमा परी ५ हजार १७ जना घाइते भएका छन्। भग्नावशेषमा पुरिएका १६० जना अझै बेपत्ता छन्। म्यानमारको राज्य प्रशासन परिषद्का अनुसार मृत्यु हुनेको संख्या बढ्दै गइरहेको छ। यो संख्या १० हजार नाघ्ने अनुमान गरिएको छ। मार्च २८ मा स्थानीय समयअनुसार १२ः५१ बजे म्यानमारमा ७.९ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको थियो। भूकम्पको कडा धक्का थाइल्यान्डमा पनि महसुस गरिएको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - म्यान्मार

आलोचना खप्न नसकेर भुटानी प्रधानमन्त्रीले हटाए बर्मेली तानाशाहसँगकाे तस्बिर

भुटानी प्रधानमन्त्री छिरिङ तोब्गेले म्यान्मारका तानाशाही सैन्य शासक मिन आङ हाइङसँगको भेटवार्ताको तस्बिर सामाजिक सञ्जालबाट हटाएका छन्। अप्रिल ३ र ४ मा थाइल्याण्डको बैंककमा आयोजित दुई दिने बिमस्टेक बैठकमा म्यान्मारका सैन्य शासकसँग प्रधानमन्त्री तोब्गेले भेटवार्ता गरेका थिए। अप्रिल ४ मा तोब्गेले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा राखेको बर्मेली शासकसँगको तस्बिरमा बर्मेलीहरूले व्यापक आक्रोश र आलोचना गरेपछि उनले सामाजिक सञ्जालबाट तस्बिर नै हटाएका छन्। पोस्टमा भुटानी प्रधानमन्त्रीले मिन आङ हाइङसँग भेट्न पाउँदा खुसी लागेको र द्विपक्षीय सम्बन्धलाई अझ बलियो बनाउन काम गर्ने बताएका थिए। आलोचना बढ्दै गएपछि भुटानी प्रधानमन्त्रीले म्यान्मारका सैन्य तानाशाहसँगको भेटको फेसबुक पोस्ट अप्रिल ५ को बिहान हटाएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘तल्लोबाटो’ आएर नागरिकता लिएका पनि ट्रम्पको निशानामा, नेपालीहरू पनि मारमा !

परेका देशबाट केवल व्यापारिक उद्देश्यको लागि मात्र प्रवेश पाउने र ‘एल्लो’ लिस्टमा परेका देशहरूले ६० दिनभित्र अमेरिकी चाहनाअनुसारको सुरक्षाकर्मी हटाउनु पर्ने र यदि त्यस्तो भएन भने स्वतः ‘रेड’ लिस्टमा पर्ने विदेश विभागले जनाएको छ। ‘रेड’ लिस्टमा परेका देशहरूमा अफगानिस्तान, भुटान, क्युबा, इरान, लिबिया, उत्तर कोरिया, सोमालिया, सुडान, सिरिया, भेनेजुयला र यमन छन्। त्यस्तै ‘अरेन्ज’ लिस्टमा बेलारुस, इरिट्रिया, हैटी, लाओस, म्यान्मार, पाकिस्तान, रुस, सियोरालियोन, दक्षिण सुडान र तुर्किमिनिस्तान छन्। त्यसैगरी ‘एल्लो’ लिस्टमा पर्ने देशहरूमा अङ्गोला, एण्टिगुवा र वार्बुडा, बेनिन, बुर्किनाफासो, क्यामरुन, केपवर्डे, चाड, कङ्गो गणतन्त्र, कङ्गो लोकतान्त्रिक गणतन्त्र, डोमिनिक, इक्वेटोरियल गिनी, गाम्बिया, लाइबेरिया, मलाबी,माली, मौरीटानिया, सेन्ट किट्स र नेविस, साओटोमे र प्रिन्सिपे, भानुआटु, जिम्बाबे र सेन्ट लुसिया छन्।

बिएल संवाददाता

बिएल संवाददाता - अमेरिका

दक्षिण कोरियाका कार्यवाहक राष्ट्रपतिको महाअभियोग खारेज, पदमा पुनर्बहाली

दक्षिण कोरियाको संवैधानिक अदालतले निलम्बित प्रधानमन्त्री हान डक-सु को महाअभियोग खारेज गरेको छ। सोमबार अदालतले महाभियोग लगाउन संसदले दर्ता गरेको प्रस्तावलाई अस्वीकार गरेको हो। महाअभियोग खारेज भएलगत्तै हानलाई प्रधानमन्त्री र कार्यवाहक राष्ट्रपतिको रूपमा पुनर्स्थापित गरिएको छ। तत्कालीन राष्ट्रपति युन सुक योललाई महाअभियोग लागेपछि प्रधानमन्त्री हान कार्यबाहक राष्ट्रपति बनेका थिए। उनलाई पनि महाअभियोग लागेपछि निलम्बित भएका थिए। अदालतका कार्यवाहक प्रमुख मुन ह्युङबेले पाँच न्यायाधीशले यसलाई अस्वीकार गरेका र बाँकी दुई न्यायाधीशको खारेजीको रायको बीचमा एक जनाले मात्र यसलाई समर्थन गरेपछि प्रस्ताव खारेज भएको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - सियोल

चुनावको मुखमा टर्कीका विपक्षी नेता पक्राउ, विरोध प्रदर्शन चर्कियो

प्रदर्शनकारीहरूले सडक, विश्वविद्यालय र मेट्रो स्टेसनहरूमा सरकारविरोधी नाराबाजी गरेका छन्। पक्राउ परेपछि, इस्तानबुल गभर्नरको कार्यालयले चार दिनका लागि सबै प्रकारका बैठक, प्रदर्शन र प्रेस विज्ञप्तिमा प्रतिबन्ध लगाएको छ भने इस्तानबुलका धेरै सडकहरू बन्द गरिएको छ। २२ वर्षदेखि सत्तामा रहेका राष्ट्रपति रेसेप तैयप एर्दोगानविरुद्ध प्रदर्शनहरू चर्किदै गएका छन्। रिपब्लिकन पिपुल्स पार्टीले पक्राउलाई ‘देशको अर्को राष्ट्रपति विरुद्धको विद्रोह’को रूपमा लेबल लगाएको छ। मार्च २३ मा हुने प्राथमिक चुनावमा इमामोग्लुलाई रिपब्लिकन पिपुल्स पार्टीको राष्ट्रपति पदको उम्मेदवारको रूपमा औपचारिक रूपमा छनोट गरिने अपेक्षा गरिएको छ। उनलाई रिहा गरिन्छ कि गरिँदैन भन्ने कुराले उम्मेदवारीको विषय पेचिलो बनेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - इस्तानबुल

आगलागीका कारण विश्वकै व्यस्त विमानस्थल अस्तव्यस्त, १३ सय उडान प्रभावित

युरोपको सबैभन्दा व्यस्त बेलायतको हिथ्रो विमानस्थल आगलागीका कारण प्रभावित भएको छ। शुक्रबार बिहानै लन्डनको पश्चिममा रहेको बिजुली आपूर्ति गर्ने सबस्टेशनमा ठूलो आगलागी भएपछि शुक्रबार बिहान विमानस्थल बन्द गरिएको थियो। स्थानीय अग्नि नियन्त्रण विभागले आगो अहिले नियन्त्रणमा आएको बताएको छ। बेलायती मिडिया आउटलेट स्काई न्यूजका अनुसार पहिले नै हवाई उडानमा रहेका १२० सहित १,३०० भन्दा बढी उडानहरू प्रभावित भएका छन्। अर्को सूचना नभएसम्म यात्रुहरूलाई विमानस्थलमा यात्रा नगर्न सल्लाह दिइएको छ। विमानस्थलका प्रवक्ताले बिजुली कहिले सुचारु हुन्छ भन्ने अझै स्पष्ट नभएको बताएका छन्। हिथ्रो विमानस्थलबाट वर्षमा आठ करोडभन्दा बढी यात्रुले यात्रा गर्छन्।

बिएल संवाददाता

बिएल संवाददाता - बेलायत

शिक्षा मन्त्रालय खारेज गर्ने ट्रम्पको निर्णय, मागे शिक्षामन्त्रीको राजीनामा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शिक्षा मन्त्रालय खारेज गर्ने कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन्। बिहीबार ह्वाइट हाउसमा उनले वरिपरि विद्यार्थीहरूलाई राखेर शिक्षा मन्त्रालय  खारेज गर्ने कार्यकारी आदेशमा हस्ताक्षर गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

अमेरिकालाई चक्मा दिँदै चीनले उत्पादन गर्‍यो क्यान्सरको नयाँ औषधि

परिक्षणमा, इभोनेसिमाबले रोग बिग्रँदै नगएको बिरामीहरू बाँच्ने समयलाई किट्रयुडाको तुलनामा लगभग दोब्बर बनाएको उनको भनाई छ। जसले अमेरिकी निर्माताको लागि १३० अर्ब अमेरिकी डलरभन्दा बढीको बिक्री गरेको छ। जसका कारण बायोटेक उद्योगमा व्यापक ध्यान आकर्षित गरेको छ। ‘औषधि उद्योगको लागि, किट्रुडालाई उछिनेर धेरै बिरामीहरूलाई फाइदा पुर्‍याउने औषधि विकास गर्नु उल्लेखनीय उपलब्धि हो। विश्वभरका धेरै कम्पनीहरूले यस्ता औषधिहरू विकास गर्न प्रयासरत छन्। तर तिनीहरूका सबै चरण तीन परीक्षणहरू असफल भएका छन्। हाम्रो चरण तीन क्लिनिकल परीक्षण अनियमित, डबल-ब्लाइन्ड अध्ययनमा कडा सकारात्मक परिणाम प्राप्त गर्ने संसारको पहिलो हो,’ अध्यक्ष मिशेल सियाले भनेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

फिप्नाले भव्य रूपमा मनायाे १४८औं लखन थापा स्मृति दिवस

आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना) मनाउँदै आइरहेकाे नेपालका प्रथम शहिद लखन थापा मगरको १४८औं स्मृति दिवस अमेरिकामा भव्य रुपमा मनाइएकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - न्यूयोर्क

न्यूयोकमा इतिहासकार इमानसिंह चेम्जोङ चिनाउने वृत्तचित्र प्रदर्शन

अमेरिकाको न्युयोर्कमा इतिहासकार स्व. इमानसिंह चेम्जोङको जीवनीमा आधारित भएर निर्माण गरिएको वृत्तचित्र प्रदर्शन भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - न्यूयोर्क

मेसेडोनियास्थित नाइट क्लबमा आगलागी, ५९ को मृत्यु, सात दिने ‘राष्ट्रिय शोक’ घोषणा

उत्तरी मेसेडोनियाको एक नाइट क्लबमा आगलागी हुँदा ५९ जनाको मृत्यु भएको छ। त्यस्तै एकसय बढीलाई अस्पताल भर्ना गरिएको छ। स्थानीय समय अनुसार आइतबार बिहान कोकानीस्थित क्लबको स्टेजमा प्रस्तुति दिइरहेका ब्यान्डले प्रयोग गरेको आतिशबाजीका कारण आगो फैलिएको थियो। क्लबको भवनमा एउटा मात्र प्रवेश र बाहिर निस्कने बिन्दु रहेकाले कोलाहल मच्चिएको थियो। अधिकारीहरूले क्लब अवैध रूपमा सञ्चालन भइरहेको र क्षमताभन्दा धेरै मानिसहरू रहेको बुझिएको बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रुसी र युक्रेनी सेनाबीच फेरि भिडन्त, धेरै बस्तीहरू कब्जा गरेको रुसको घोषणा

रुसी टेलिभिजन च्यानल आरटी (रसिया टुडे)ले एउटा भिडियो क्लिप सार्वजनिक गर्दै रुसी सेनाले कुर्स्क क्षेत्रमा अमेरिकी निर्मित अब्राम्स ट्याङ्क कब्जा गरेको दाबी गरिएको थियो। रुसी सेनाले सुमी क्षेत्र र डोनेत्स्क क्षेत्रमा रहेका बस्तीहरू पनि नियन्त्रणमा लिएको थियो। त्यस्तै युक्रेनी पक्षले धेरै ठाउँमा रुसी सेनासँग युद्धमा संलग्न भएको प्रतिवदेन सार्वजनिक गरेको छ। युक्रेनी सेनाले रूसी हवाई रक्षा प्रणाली र तोपखानामा आक्रमण गरेको जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - युक्रेन

ट्रम्पले जेलेन्स्कीलाई ‘तेस्रो विश्वयुद्ध’ निम्त्याउन खोजेको आरोप लगाएपछि…

ओभल अफिसमा भएको वार्ता विफल भएपछि तेस्रो युद्ध हुने चिन्ता थपिएको छ। वार्ताका क्रममा ट्रम्पले जेलेन्स्कीले माग गरे अनुसार संयुक्त राज्यले युक्रेनलाई सुरक्षा ग्यारेन्टी दिन नसक्ने टिप्पणी गरेका थिए। ट्रम्पले भनेका थिए, ‘जेलेन्स्की अमेरिकी समर्थनका लागि तयार छैनन् र उनी ‘तेस्रो विश्वयुद्धका लागि जुवा’ खेल्न खोज्दैछन्।’ अमेरिकासँग दुर्लभ खनिज सम्झौता गर्न र रुसको प्रभाव रोक्न वासिङ्टन पुगेका जेलेन्स्कीलाई ट्रम्प र उपराष्ट्रपति जेडी भान्सले युक्रेनले अमेरिकाको अपमान गरेको आरोप लगाएपछि बैठक तनावपूर्ण बनेको अन्तर्राष्ट्रिय संचारमाध्यमहरूले जनाएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - अमेरिका

जेलेन्स्कीको स्वीकारोक्ति- अमेरिका र ट्रम्पको साथबिना युक्रेनको यात्रा कठिन छ

ट्रम्पसँगको तनावपूर्ण वार्तापछि अमेरिकी टेलिभिजन फक्स न्यूजसँग कुराकानी गर्दै जेलेन्सकीले युक्रेनलाई रूसको ठूलो र राम्रो सशस्त्र सेनाविरुद्धको लडाइँमा वासिङ्टनको सहयोगको खाँचो रहेको बताए। उनले अमेरिका र युक्रेनबीचको सम्बन्ध ‘दुई राष्ट्रपतिका लागि भन्दा माथि’ रहेको बताउँदै भने, ‘अमेरिका र ट्रम्पको समर्थन बिना यो यात्रा पक्कै कठिन हुनेछ।’ उनले अमेरिका र ट्रम्पसँगको आफ्नो सम्बन्ध अझै सुधार गर्न सकिने बताए। फक्स न्युजले ‘ट्रम्पसँगको सम्बन्ध सुधार गर्न सकिन्छ?’ भनेर सोधेको प्रश्नमा जेलेन्स्कीले भने, ‘पक्कै पनि सकिन्छ।’

बिएल संवाददाता

बिएल संवाददाता - अमेरिका

जेलेन्स्कीसँग तनावपूर्ण वार्तापछि ट्रम्पले भने- ‘शान्ति चाहन्छन् भने फेरि आउन सक्छन्’

उनले भनेका छन्, ‘आज ह्वाइट हाउसमा हाम्रो धेरै अर्थपूर्ण बैठक भयो। धेरै कुरा सिकियो जुन यस्तो आक्रोश र दबाबमा गरिएको कुराकानी बिना कहिल्यै बुझ्न सकिँदैन। भावनात्मक कुराबाट जे निस्किएको छ त्यो कुरा अचम्मको छ, र मैले यो बुझेको छु कि यदि अबसम्म अमेरिका यसमा संलग्न हुन्छ तबसम्म राष्ट्रपति जेलेन्स्की शान्तिको लागि तयार छैनन्, किनभने उनलाई लाग्छ कि हाम्रो संलग्नताले उनलाई वार्ताका लागि ठूलो फाइदा दिन्छ।’ आफूले कुनै पनि फाइदा नचाहेको र शान्ति मात्र चाहेको दाबी गर्दै ट्रम्पले जेलेन्स्की शान्तिको लागि तयार भएको अवस्थामा फेरि ह्वाइट हाउस आउँन सक्ने बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - अमेरिका

टोरन्टोमा जातीय विभेद मुक्तका लागि विश्व सम्मेलन २०२५ आयोजना हुँदै

'विश्वभर करिब २६ करोड मानिस जाति, वंश र वंशजका आधारमा अमानवीय व्यवहार र विभेदको सिकार भइरहेका छन्। जातिभेद दक्षिण एशियाबाट उत्पन्न भएको भए तापनि अहिले यो समस्या विश्वव्यापी बनिसकेको छ', सम्मेलन आयोजक समितिका  अध्यक्ष डा. द्रोण  रसालीले बताए।

बिएल संवाददाता

बिएल संवाददाता - टोरन्टो