शुक्रबार, ०४ जुलाई २०२५

मन्त्री बर्खास्त गरेपछि चिढियो नाउपा, रेशम-रञ्जिताको एक स्वरः ‘अब हामी प्रतिपक्ष…’

सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामेश्वर चौधरीलाई मुख्यमन्त्री कमलबहादुर शाहले बर्खास्त गरेपछि गठबन्धनप्रति नाउपा चिढिएको छ। आफ्नो पार्टीसँग छलफल नै नगरी मन्त्रीलाई बर्खास्त गर्नु असंवैधानिक, अपमानजनक, र दुर्भाग्यपूर्ण रहेको भन्दै सरकारबाट बाहिरिने निर्णयमा नाउपाका नेताहरू पुगेका छन्। पावर टिलर वितरणमा अनियमितता गरेको आरोप लागेपछि मन्त्री चौधरीलाई मुख्यमन्त्री शाहले बिहीबार बर्खास्ती गरेका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

मोहन बस्नेतमा रवि लामिछानेको भेरियन्ट देखियोः अजयबाबु शिवाकोटी

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले भ्रष्टाचारको संरक्षण गर्ने प्रवृत्तिमाथि आक्रामक टिप्पणी गरेका छन्। बैठकमा धारणा राख्दै शिवाकोटीले कांग्रेसभित्रैबाट पार्टीको आत्माकुण्ठित हुने अवस्था सिर्जना भएको आरोप लगाए। उनले पार्टीप्रति जनस्तरमा चुलिँदै गएको असन्तोषको चेतावनी सुनाए। शिवाकोटीले भ्रष्टाचारको आरोप लागेका नेताहरूको रक्षामा पार्टी नेतृत्व मौन बसेको आरोप लगाए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

धरौटीमा छुटेपछि दिलभूषणः मलाई प्रयोग गरेर राज्यले नागरिकको मुख बन्द गर्न खोज्यो

पत्रकार दिलभूषण पाठकले राज्यले आफूलाई साङ्केतिक रुपमा प्रयोग गरेर सिंगो पत्रकारिता जगतलाई राज्यमाथि प्रश्न गर्न रोक लगाउन खोजेको बताएका छन्। बिहीबार जिल्ला अदालतबाट २५ हजार धरौटीमा छुटेपछि उनले आफूलाई प्रयोग गरेर तमाम नागरिक समाज अथवा सिंगो पत्रकारिता जगतलाई ‘राज्यमाथि प्रश्न नगर, तिमीहरूको हैसियत छैन’ भन्ने जमर्को गरेको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

लोकतन्त्रको नाममा ‘खसीको टाउको देखाएर कुकुरको मासु बेच्ने स्थिति आयो’- प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान राजनीतिक अभ्यासप्रति कडा आलोचना गर्दै समाजवादको नाममा व्यक्तिवाद हाबी भएको बताएका छन्। नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा प्रकाशित दुर्गानारायण ढकालको कृति समाजवादी दर्शनको रूपरेखा लोकार्पण कार्यक्रममा बोल्दै उनले समाजवादको नाम लिने तर व्यवहारमा व्यक्तिवादमा रमाउने प्रवृत्ति मौलाउँदै गएको टिप्पणी गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

वनमन्त्रीले ‘बर्खास्त’ गर्न चुनौती दिए, मुख्यमन्त्रीले हटाइदिए…

सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामेश्वर चौधरी बर्खास्त भएका छन्। आर्थिक विवादमा मुछिएका मन्त्री चौधरीलाई मुख्यमन्त्री कमलबहादुर शाहले केही दिनअघि नै राजीनामा दिन निर्देशन दिएका थिए। तर, चौधरीले आफू राजीनामा नदिने भन्दै बर्खास्त गरेर देखाउन चुनौती दिएका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - धनगढी

‘गृहमन्त्रीको राजीनामा’मा रास्वपाको अडान यथावत, सदनको अवरोध जारी राख्ने

राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को सचिवालय बैठकले भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानविन आयोग बनाउनुपर्ने र छानविनका लागि सहजीकरणका लागि गृहमन्त्रीले राजीनामा दिनुपर्ने विषयमा अडान कायम राख्ने निर्णय गरेको छ। बिहीबार पार्टी कार्यालयमा बसेको बैठकले गृहमन्त्रीले राजीनामा दिनुपर्ने विषयमा अडान र संसदमा यस विषयमा भइरहेको प्रतिरोध कायम राख्ने निर्णय गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘कुलिङ पिरियड’मा तोडमोड प्रकरणः छानबिन समिति बनाउने विषयमा छलफल

कुलिङ अफ पिरियडसम्बन्धी व्यवस्था फेरबदल गरेको विषयमा छानिबन समिति गठन हुने भएको छ। ‘संघीय निजामती सेवा विधेयक २०८०’ को कुलिङ अफ पिरियडसम्बन्धी व्यवस्था फेरिएको विषयमा छानबिन समिति गठन गर्नेबारे सभामुख देवराज घिमिरेले प्रमुख दलका सचेतकहरूसँग छलफल गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

दिलभुषण पाठकलाई २५ हजार धरौटीमा छाड्न आदेश

जिल्ला अदालत काठमाडौंले पत्रकार दिलभूषण पाठकलाई २५ हजार धरौटीमा छाड्न अदालतले आदेश दिएको छ। बिहीबार न्यायाधीश खेमराज भट्टको इजलासमा भएको बयान र थुनछेक बहसपछि पाठकलाई धरौटीमा छाड्न आदेश भएको हो। विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन अन्तर्गतको कसुरमा उनी आफैं अदालतमा हाजिर भएका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

उपभोक्ता अदालतको फैसलाप्रति चिकित्सकहरू आक्रोशित

नेपाल चिकित्सक संघले उपभोक्ता अदालतको विषयमा सम्पूर्ण सरोकारवालाहरूसँग बृहत छलफल गरेको छ। विहीबार काठमाडौंमा विभिन्न अस्पतालका प्रमुखहरू, एसोसिएसन अफ प्राईभेट मेडिकल एण्ड डेन्टल कलेज, अफिन, विभिन्न सोसाइटीहरू, चिकित्सक समाज र आवासीय चिकित्सकलगायत सम्पूर्ण सरोकारवालाहरूसँग छलफल गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रधानन्यायाधीश नै अल्पमतमा परेपछि ५२ संवैधानिक पदाधिकारीको नियुक्ति सदर

बुधवार अन्तिम फैसला सुनाउनका लागि बिहानैदेखि न्यायाधीशहरू छलफलमा जुटेका थिए। दिनभरको छलफलमा पनि निर्णय टुङ्गो नलागेपछि उनीहरूबीच राय बाझिएको थियो। उक्त नियुक्ति सदर गर्ने पक्षमा नरहेका प्रधान न्यायाधीश प्रकाशमानसिंह राउत र न्यायाधीश नहकुल सुवेदी अल्पमतमा परेपछि बहुमतले नियुक्ति सदर भएको हो। संवैधानिक इजलासका पाँच सदस्यमध्ये वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल तथा न्यायाधीशद्वय डा. मनोजकुमार शर्मा र कुमार चुँडालले रिट खारेजीको पक्षमा राय लेखेका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

राष्ट्रियसभाको बैठक बस्दै

सङ्घीय संसद् राष्ट्रियसभाको बैठक आज अपराह्न ११ः१५ बजे सङ्घीय संसद भवन नयाँ बानेश्वरमा बस्दैछ। आजको बैठकमा विनियोजन विधेयक, २०८२ अन्तर्गत विभिन्न शीर्षकहरूमध्ये राष्ट्रपति कार्यालय, उपराष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र राष्ट्रिय योजना आयोगको सचिवालयसहित विभिन्न मन्त्रालयको छलफलका क्रममा उठेका प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यसूची छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

नेपालको कृषि क्षेत्रमा ‘वैदेशिक लगानी’का लागि परराष्ट्रमन्त्रीको आग्रह

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपालको कृषि क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानीका लागि विश्वका बहुराष्ट्रिय कम्पनीहरुलाई आग्रह गरेकी छन्। राष्ट्रसंघीय कृषि तथा खाद्य संगठन, एफएओको रोममा जारी ४४औं महासभा अन्तर्गत आज आयोजित कृषि तथा खाद्य प्रणालीसम्बन्धी उच्चस्तरीय सत्रलाई सम्बोधन गर्दै उनले कृषि क्षेत्रमा लगानी गरेर नेपालका मौलिक एवं विशिष्ठ उत्पादनहरूमार्फत विश्व बजारबाट लाभ लिन आग्रह गरिन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

स्व. दुर्गाबावु पाठक स्मृती ‘संगीत पुरस्कार’ प्रज्वल पौडेललाई

सशस्त्र प्रहरी निरीक्षक स्व. दुर्गाबावु पाठकको स्मृतीमा स्थापित ‘दुर्गाबावु पाठक स्मृती संगीत पुरस्कार’ नेपाल एपीएफ ठाकोदेवी जोगेन्द्र भगत स्कुल शम्भुनाथ सप्तरीमा अध्यनरत कक्षा ८ का छात्र प्रज्वल पौडेललाई प्रदान गरिएको छ। असार १७ गते सशस्त्र प्रहरी परिवार महिला संघको २४औं वार्षिकोत्सवको अवसर पारेर सशस्त्र पहरी नायब उपरीक्षक एवं सहप्रवक्ता शैलेन्द्र थापाले पौडेललाई पुरस्कार प्रदान गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘कुलिङ पिरियड’ हेरफेर हुनु अपराध हो, सांसदहरूको पनि कमजोरी छः शेखर कोइराला

नेपाली कांग्रेसका नेता शेखर कोइरालाले संसदको सर्वसहमति भएका समितिबाट पास भएका विधेयक संसदमा आउँदा हेरफेर हुनु अपराध भएको बताएका छन्।  मंगलबार वरिष्ठ लेखक तथा सुप्रसिद्ध साहित्यकार मधुसुदन पाण्डेयद्धारा लिखित, अनुदित, सम्पादित तथा सहलिखित ‘शताधिक पुस्तक लोकापर्ण समारोह २०८२’ कार्यक्रममा बोल्दै उनले समितिबाट संसदमा आएका विधेयक हेरफेर हुनु गलत भएको र कसैलाई क्षम्य नहुने बताएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सरकारले आन्तरिक रोजगार प्रवर्द्धनमा काम गरिरहेको छ: रोजगारमन्त्री भण्डारी

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरदसिंह भण्डारीले नेपाल सरकारले आन्तरिक रोजगारलाई नै मुलुकको मूल आर्थिक गतिविधिको आधार मानेको बताएका छन्। मंगलबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आयोजना गरेको वैदेशिक रोजगारबाट फर्की नेपालमा उद्यम गरेका उद्यमीहरूलाई राष्ट्रिय पुरस्कार तथा सम्मान कार्यक्रममा बोल्दै उनले सरकारले आन्तरिक रोजगारको प्रवर्धनका लागि काम गरिरहेको बताएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

शेखरप्रति विनोदको कटाक्षः मलाई हराउन हृदयशलाई सघाउनेले भोलि पार्टीको नेतृत्व गर्ने?

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद विनोद चौधरीले नेता डा. शेखर कोइरालाप्रति कटाक्ष गरेका छन्। आफूलाई केन्द्रीय सदस्य हुन योग्यता नपुगेको भन्दै नेता कोइरालाले सोमबार केन्द्रीय समितिमा दिएको अभिव्यक्तिको चौधरीले मंगलबार केन्द्रीय समितिमै प्रतिवाद गरेका हुन्। कांग्रेसको विधानअनुसार कांग्रेस विधान अनुसार केन्द्रीय सदस्यको उम्मेदवार हुन १० वर्ष क्रियाशील सदस्य हुनुपर्ने व्यवस्था भएपनि चौधरीलाई बिना योग्यता केन्द्रीय सदस्य बनाइएकोप्रति कोइरालाले सभापति शेरबहादुर देउवालाई प्रश्न गरेका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रामहरि खतिवडाले भन्छन्–  ममाथि पनि छानबिन होस्

प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले निजामती विधेयकमा कुलिङ पिरियडबारे भएको छेडखानीमा संलग्नलाई कारबाही गर्नुपर्ने बताएका छन्। मंगलबार सिंहदरबारमा पत्रकारहरुसँग कुरा गर्दै सभापति खतिवडाले गल्ती गर्नेलाई कारबाही गर्नुपर्ने बताएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

रास्वपाकी सुमनाले गरिन् एमालेकी सांसदको तारिफ

उनले थपेकी छन्, ‘वहाँको यो बुलन्द आवाजका लागि, म आफू महिला भएको नाताले पनि सबै महिला दिदीबहिनीको तर्फबाट धन्यवाद दिन चाहन्छु।’ सुमनाले समितिमा एक जना सांसद बाहेक सबैले एकमतका साथ- ‘प्रारम्भिक बालविकास पढाउने सबैलाई शिक्षक नै भनिनु पर्छ र वहाँहरूको वृत्ति विकासको पनि अवसर सिर्जना गर्नुपर्छ’ भन्ने आवाज राखेको पनि बताइन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

मोहन बस्नेतलाई २५ लाख धरौटी

विशेष अदालतले कांग्रेस नेता एवं पूर्वमन्त्री मोहन बहादुर बस्नेतलाई २५ लाख धरौटीमा छाड्न आदेश गरेको छ। आइतबार न्यायाधीश तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको इजलासमा थुनछेक बहसपछि बस्नेतलाई धरौटीमा छाड्न आदेश गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नेपालले खाद्य अधिकारलाई ‘मौलिक अधिकार’ मानेको छ: परराष्ट्रमन्त्री राणा

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपालले नागरिकको खाद्यसम्बन्धी अधिकारलाई संवैधानिक सुनिश्चितता प्रदान गरेको बताएकी छन्। इटालीको रोममा आयोजित राष्ट्रसंघीय खाद्य तथा कृषि संगठनको मन्त्रीस्तरीय विशेष सत्रलाई आज सम्बोधन गर्दै मन्त्री डा. राणाले नेपालको संविधानको मौलिक हकमा नै नागरिकको खाद्यसम्बन्धी अधिकारको व्यवस्था गरिएको जानकारी दिइन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं