
सांस्कृतिक र जातीय विभेदको चेपुवामा परेको प्रेमकथा: उनको स्वीटर
पाँचथरको लिम्बू बाहुल्य रहेको समाजको परिवेश, चालचलन र परम्पराबीच केही काफ्ले थरका बाहुन परिवारबीचको सामाजिक घुलनको कथा हो उनको स्वीटर। काफ्ले थरको बाहुन केटो र पाँचथरको लेककी गुरुङ्सेनीको प्रेम कथा हो उनको स्वीटर। चलचित्रको शुरुमा कथा अलिक गिजिङमिजिङ र बुझ्न गाह्रो जस्तो छ तर बिस्तारै कथा सललल बग्छ। लिम्बू बहुल समाजका बाहुनहरूको बोलीको लवज लिम्बूकै जस्तो सुनिँदा रमाइलो लाग्छ। कथाका हरेक पात्र र परिवेश जिवन्त छन। चलचित्र हेरिरहे जस्तो कहीँ कतै लाग्दैन, बरु दर्शक स्वयम् त्यहि ठाउँमा पुगेको भान हुन्छ। गुरुङसेनी केटी र बाहुन केटोका प्रेम प्रसंगका दृष्य रमाइला छन्। विपिन कार्की र मिरुना मगरले पात्रमा प्राण भरेका छन। विपिन कार्कीको अभिनयले दर्शकलाई कहीँ हसाउँछ कहीँ रुवाउँछ।

बिएल संवाददाता - काठमाडौं