
बिएल संवाददाता
काठमाडाैँ
यू– १९ एसिया कपअन्तर्गतको पहिलो खेलमा नेपाल पाकिस्तानसँग पराजित भएको छ। शुक्रबार युएईस्थित आइसिसी एकेडेमी ओभल– २ मा नेपाल पाकिस्तानसँग ७ विकेटले पराजित भएको हो।
नेपालले दिएको १५३ रनको लक्ष्य पाकिस्तानले २६.२ ओभरमा मात्र ३ विकेट गुमाएर पूरा गर्यो।
पाकिस्तानको लागि अजान अवाइस र साद बाइगले अर्धशतक प्रहार गरे। अवाइसले ६८ बलमा ५५ तथा बाइगले ५६ बलमा ५० रन बनाए।
नेपालका गुल्सन झाले २ तथा आकाश त्रिपाठीले १ विकेट लिए।
त्यसअघि पहिले ब्याटिङ गरेको नेपाल ४७.२ ओभरमा अलआउट हुँदै १५२ रनमा समेटिएको थियो।
नेपालका उत्तम मगरले ५१, दीपेश कँडेलले ३१ र अर्जुन कुमालले २१ रन बनाए। नेपालका अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन्।
१ .
कोरियामा नेपाली कवि/कलाकार जीवन खत्रीलाई ‘रातो कार्पेट’
बिएल संवाददाता
-सियोल, दक्षिण कोरिया
२ .
३ .
४ .
५ .
पहिलो अमेरिकी नागरिक बने पोप
बिएल संवाददाता
-काठमाडौँ