सोमबार, १९ मे २०२५

सुनकाे मूल्य बढ्याे, चाँदीकाे स्थिर

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैं

फाइल तस्बिर
• • •

नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलामा ६ सय रुपैयाँले वृद्धि भएको छ।

आइतबार १ लाख ८४ हजार २ सय रुपैयाँमा कारोवार भएको सुन आज १ लाख ८४ हजार ८ सय रुपैयाँमा कारोवार भैइरहेको छ।

यसैगरी आज चाँदीको मूल्य  भने स्थिर रहेको छ।

आइतबार १९ सय ४५ रुपैयाँमा कारोवार भएको चाँदी आज पनि सोही मूल्यमा कारोवार भैइरहेको छ ।
 

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?