
बिएल संवाददाता
जुम्ला
जुम्लाको पातरासीमा महिनावारी भएको बेला बस्छे छुईगोठ भए नभएको निरिक्षण गरिएको छ।
पातारासी गाउँपालिकाको ४ नम्बर वडामा पर्ने तिर्खु, डिल्लीचौर र लाम्री गाउँमा छुईगोठ भए नभएको भनेर उपप्रमुख जनमाया रोकायाको संयोजकत्वमा संयुक्त अनुगमन गरिएको हो।
अनुगमनबाट छुईगोठ नभएको देखिएकोले केही दिनमै यिनै तीन गाउँलाई छुईगोठ मुक्त घोषणा गर्ने योजना रहेको सर्बाेदय नेपाल जुम्लाका निर्देशक कमलराज खत्रीले बताए।
उनका अनुसार सर्बाेदय नेपाल जुम्लाले पातारासी गाउँपालिकामा लैंगिक समनता र महिला किसानलाई सहयोग परियोजना सञ्चालन गर्दै आएको छ।
उनले भने, 'यही परियोजना अन्तर्गत महिला, पुरुष, पुरोहित र धामीझाक्रीलाई सचेतीकरण गर्दै निरन्तर अनुगमन र अवलोकन गरेर छुईगोठ मुक्त गर्ने अभियान सञ्चालन गर्दै आएको छ। महिनाबारी भएको अवस्थामा सुरक्षा र स्वास्थ्यका हिसावले छुईगोठमा बस्नु निकै जोखिम हो।'
गाउँपालिका उपप्रमुख रोकायाका अनुसार पातरासी गाउँपालिकामा छुईगोठ छैनन्। महिलाहरु महिनाबारी भएको अवस्थामा घरभित्रै बस्दै आएका छन्। सुरक्षा र स्वास्थ्यका हिसावले महिनावारी भएको अवस्थामा छुईगोठमा बस्नु असुरक्षित हो।
तीन गाउँमा (तिर्खु, डिल्लीचौर र लाम्री) ३७५ घरधुरी रहेको छ। जसमा महिला ६५१ जना र पुरुष ७१८ जना रहेको सामाजिक परिचालक रेविका सुनारले बताइन्।
यसअघि यस गाउँपालिकाको ५ नम्बर वडाका तलि ल्होर्प र माथिल्होर्प गाउँ छुईगोठ मुक्त घोषणा गरिएको थियो। यस्तै ४ नम्बर वडाको लुमगाउँ, २ नम्बर वडाको तल्फी र पेरेगाउँ छुईगोठ मुक्त घोषणा भएका छन्।
१ .
कोरियामा नेपाली कवि/कलाकार जीवन खत्रीलाई ‘रातो कार्पेट’
बिएल संवाददाता
-सियोल, दक्षिण कोरिया
२ .
३ .
४ .
५ .
पहिलो अमेरिकी नागरिक बने पोप
बिएल संवाददाता
-काठमाडौँ