
बिएल संवाददाता
काठमाडौैं
कुनै पूर्वयोजना बिना नै भारत भ्रमणमा निस्केका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानको भारत भ्रमणलाई लिएर विभिन्न आशंका पैदा भएका छन्।
रास्वपाकै एक नेताले रवि भारतमा जीवी राईसँग भेटघाट गर्न गएको हुनसक्ने आशंका व्यक्त गरेका छन्। प्रवास विभागका प्रमुखलाई समेत नलिएर आफ्नो कोर टिमका उपाध्यक्ष डोलप्रसाद अर्याललाई नै लिएर जानुको कारण पनि यही हुन सक्छ।
केही समय पहिले रविका पूर्व व्यावसायिक साझेदार जीबी राई मलेसियामा रहेको आशंका गरिएको थियो । रवि त्यतिबेला पनि राईलाई नै भट्न मलेसियामा गएको आशंका गरिएको थियो।
एकपछि अर्को विवाद बाहिरिदै आएका रवि लामिछानेको पछिल्लो समय ग्यालेक्सी टीभीसँग सम्बन्धित सहकारी प्रकरण छरपस्ट भएको छ। नेपाल प्रहरीको सीबीआईले गम्भीरतापूर्वक छानबिन गरिरहेको यो प्रकरणमा चुर्लुम्मै डुब्न लागेपछि उनले सिंगो पार्टी पंक्तिलाई नै आफ्नो बचाउमा उतारेका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीकै एक सदस्य भन्छन्, ' रवि आफ्ना पूर्व साझेदार जीवीलाई भेटेर बयानका क्रममा आफूलाई नमुछ्न आग्रह गर्न आतुर छन्।' जीवीलाई पक्राउ गर्न पक्राउ पुर्जी जारी भैसकेको छ । अहिले उनी फरार छन्। लामो समयसम्म पनि पक्राउ गर्न नसकिएपछि नेपाल प्रहरी इन्टरपोलमार्फत् रेड कर्नर नोटिस जारी गर्ने क्रममा रहेको बताइन्छ।
नेपाल प्रहरीको सीबीआइले रवि लामिछानेको सहकारी ठगी प्रकरणमा संलग्नतालाई लिएर गरिरहेको छानबिनलाई तार्किक निस्कर्षमा पुर्याउन पनि जीबी राई बयान महत्वपूर्ण हुने बताइएको छ।
जीबी राई नजिक एक स्रोतका अनुसार अहिले उनी रविले आफूलाई फसाएको भन्दै रूष्ट छन्। उनी कुनै पनि बेला प्रहरीसमक्ष आत्मसमर्पण गर्दै रविसँगको कारोबारको बारेमा यथा्थ वयान दिएर रविलाई पानीमाथिको ओभानो बन्न नदिने योजनामा रहेको बताइन्छ।
यसैबीच रास्वपा गठन हुनुपहिलेको व्यक्तिगत विवादमा सिंगो पार्टीलाई ढाल बनाएको भनेर पार्टीको एक पंक्तिमा असन्तुष्टी चुलिएको छ । यो विवाद बढ्दै जाँदा पार्टी विभाजित हुन सक्ने आशंका पनि बढेको छ। यदि जीवी पक्राउ परे र उनले सहकारी ठगी प्रकरणमा रविको संलग्नता रहेको वयान दिए भने रविको राजनीति गम्भीर दुर्घटनामा पर्ने निश्चित त छ । त्यसैले रवि उनलाई भेटेर आफ्नो पक्षमा वयान दिन लगाउन रविलाई भेट्न अनेक जुक्ति लगाइररहेका छन्।
रविको पछिल्लो भारत भ्रमणलाई पनि यही पृष्ठभूमी र सन्दर्भमा हेर्न थालिएको छ।
१ .
कोरियामा नेपाली कवि/कलाकार जीवन खत्रीलाई ‘रातो कार्पेट’
बिएल संवाददाता
-सियोल, दक्षिण कोरिया
२ .
३ .
४ .
५ .