
बिएल संवाददाता
काठमाडाैं
बलात्कार मुद्दामा दाेषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेले आफू षडयन्त्रकाे सिकार भएकाे बताएका छन्।
सन्दीपले सामाजिक सञ्जालमा पीडादायी स्टाटस लेख्दै आफू षडन्त्रकाे सिकार भएकाेमा कुनै शंका नरहेकाे बताएका हुन्।
‘मलाई कुनै शंका छैन, म षडयन्त्रको सिकार भएको छु। यस षडयन्त्रमा आफ्नो भूमिका निर्वाह गर्ने सबैलाई ईश्वरले आशीर्वाद दिऊन्,’ सन्दीपले लेखेका छन्।
उनले समयले सबै सत्य कुरा समय आएपछि प्रकट गर्ने उल्लेख गरेका छन्।
सन्दीप किशाेरी बलात्कार मुद्दामा दाेषी ठहर भएर जेल सजाय ताेकिए व्यक्ति हुन्। यद्यपि, उनी कानूनी अधिकार प्रयाेग गरेर जेलबाहिर बसेर पुनरावेदन मुद्दा लडिरहेका छन्।
१ .
२ .
३ .
४ .
५ .