
बिएल संवाददाता
काठमाडाैं
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माकाे सचिवालयले कर छली गर्ने इन्टरनेट प्रदायक कम्पनीहरुसँग कुनै सम्झाैता नहुने बताएकाे छ।
‘ब्याण्डविथ’को रकम भक्तानी नगर्दा वर्ल्डलिंक, सुबिसु, भायनेटलगायत इन्टरनेट सेवा प्रदायक कम्पनीहरुकाे नेटमा समस्या देखिएपछि शर्माकाे सचिवालयले नेपाल टेलिकम सेवा प्रवाह गर्न सक्षम रहेकाे तर कर छली गर्ने कम्पनीहरुसँग कुनै सम्झाैता नगर्ने बताएकाे हाे।
मन्त्री शर्माका प्रेसविज्ञ नरेन्द केसीले भने, ‘लामो समयदेखि कर छली गरिरहेका कतिपय इन्टरनेट सेवा प्रदायकको सेवा डाउन भएको देखिएको छ। ती प्रदायकले सेवा सुचारु नगरे नेपाल टेलिकम सेवा प्रवाह गर्न सक्षम छ तर कर छ्लीमा कुनै सम्झौता हुने छैन।’
वर्ल्डलिंक, सुबिसु, भायनेटलगायत इन्टरनेट सेवा प्रदायक कम्पनीहरु ‘ब्याण्डविथ’काे नतिरेपछि भारतीय कम्पनीहरुले ती कम्पनीहरुकाे नेट काटिदिएकाे छ।
नेपालमा वर्ल्डलिंक, सुबिसु, भायनेटलगायत इन्टरनेट सेवा प्रदायक कम्पनीहरु कर नतिरेपछि भारतीय कम्पनीहरुलाई रकम भुक्तानी गर्ने बाटाे खुलेकाे छैन।
१ .
२ .
३ .
४ .
५ .