शुक्रबार, २३ मे २०२५

रामेछापमा डढेलोमा परेर महिलाको मृत्यु, दुई घर जले

फाइल तस्विर
• • •

रामेछाप नगरपालिका-८ को काउले सामुदायिक वनमा लागेको डढेलो बस्तीमा पस्दा एक महिलाको मृत्यु भएको छ।

बिहीबार बेलुका डढेलो घरमा सल्किएपछि जलेर रामेछाप नगरपालिका-८ की ३२ वर्षीया रमिता तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ।

डढेलोका कारण बस्तीका दुई घर जलेका छन्। साथै ४८ वटा पशु पनि आगलागीमा परेर मरेको रामेछाप प्रहरीले जनाएको छ।

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?