शुक्रबार, २३ मे २०२५

कीर्तिपुरमा बस दुर्घटना हुँदा एकको मृत्‍यु, तीन जना घाइते

News Image
• • •

काठमाडाैँकाे कीर्तिपुरमा यात्रुबाहक बस दुर्घटना हुँदा एक जनाको मृत्‍यु भएको छ भने तीन जना घाइते भएका छन्।

आइतबार दिउँसाे कीर्तिपुरबाट रत्नपार्क चल्ने बा.३ ख. २०२७ नं.को बस आर्युवेदिक अस्पताल अगाडि दुर्घटना भएको एसएसपी  दिनेशराज मैनालीले जनाएकाे छ।

उनका अनुसार दुर्घटनामा ४ जना घाइते भएकाेमा एकको उपचारकाे क्रममा मृत्‍यु भएकाे हाे। अन्य तीन जनाकाे राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको एसएसपी  दिनेशराज मैनालीले बताए। 

दुर्घटनाकाे थप विवरण भने आउन बाँकी रहेकाे उनले बताए।

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?