
बिएल संवाददाता
मकवानपुर
जिल्लाको बकैया गाउँपालिका– १२ चौतारास्थित कान्तिलोकपथमा आज बिहान सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीका अनुसार हेटौँडा अस्पतालमा उपचारका क्रममा रौतहटको मौलापुर नगरपालिका– ६ का १७ वर्षीय विवेक साह र बकैया गाउँपालिका– १२ का ६५ वर्षीय प्रेमबहादुर ब्लोनको मृत्यु भएको हो।
ललितपुरबाट हेटौँडातर्फ आउँदै गरेको टाटा कार सडकबाट पाँच सय मिटर तल खसेको थियो।
दुर्घटनामा बाराको निजगढ नगरपालिका– ६ का ३० वर्षीय सन्दीप साह गम्भीर घाइते भएका छन्। उनको मकवानपुर सहकारी अस्पतालमा उपचार भइरहेको छ।
१ .
२ .
३ .
४ .
५ .