आइतबार, २५ मे २०२५

कोशी, मधेश र लुम्बिनीमा बिहानैदेखि वर्षा काेशी र मशेषमा पनि सम्भावना

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैं

News Image
• • •

हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायु र विहार आसपास रहेको न्युनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ।

देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम आंशिकदेखि मुख्यतया सफा रहेको छ। कोशी, मधेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ।

आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। कोशी र मधेश प्रदेशलगायत देशको पहाडी भू-भागका केही स्थानहरूमा तथा बाँकी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग/हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।

त्यस्तै आज राति देशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रहि बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ। कोशी, कर्णाली र सुदुरपश्चिम प्रदेशलगायत गण्डकी प्रदेशको पहाडी भू-भागका थोरै स्थानहरुमा साथै बाँकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग/हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको छ।

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?