
बिएल संवाददाता
काठमाडौं
प्रतिनिधिसभाअन्तर्गत सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले सरकारले नै एनसेल शेयर खरिद-बिक्री प्रकरणकाे ढाकछोप गर्न खोजेको आरोप लगाएका छन्।
उनले संसद्को सार्वजनिक लेखा समितिले एनसेल भ्रष्टाचार काण्डसम्बन्धी निर्णयलाई कमजोर बनाउन खाेजेकाे बताए।
सभापति पोखरेलले याे काण्डमा आफ्नो कार्यक्षेत्रभन्दा बाहिर विभिन्न संसदीय समितिहरूमार्फत विषयलाई बङ्ग्याउन र जनतालाई भ्रम छर्ने कामको भएकाे समेत आरोप लगाए।
पोखरेलले सामाजिक सञ्जालमार्फत लेखेका छन्, ‘सरकारी सुण्डमसुण्डहरु सार्वजनिक लेखा समितिले गरेका एनसेल भ्रष्टाचार काण्ड सम्बन्धी निर्णय र सरकारलाई दिएको दबाबलाई कमजोर बनाउन र भ्रष्टाचारलाई छोप्न,आफ्नो कार्यक्षेत्र भन्दा बाहिर विभिन्न संसदीय समितिहरूमार्फत विषय बङ्ग्याउने र जनतालाई भ्रम छर्ने कामको खेद व्यक्त गर्दछु र जनतालाई सचेत हुन अपिल गर्दछु !’
१ .
कोरियामा नेपाली कवि/कलाकार जीवन खत्रीलाई ‘रातो कार्पेट’
बिएल संवाददाता
-सियोल, दक्षिण कोरिया
२ .
३ .
पहिलो अमेरिकी नागरिक बने पोप
बिएल संवाददाता
-काठमाडौँ
४ .
५ .