मङ्गलबार, ०८ जुलाई २०२५

डोटीमा सिकार खेल्न गएका युवकको गोली लागेर मृत्यु, १० जना पक्राउ

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैं

सांकेतिक तस्बिर
• • •

डाेटीमा सिकार खेल्न गएका एक जनाको गोली लागेर मृत्यु भएको छ। 

बडीकेदार गाउँपालिका-२ बर्छैनका २४ वर्षीय नरेश सार्कीको मृत्यु भएको हो।

बडीकेदार गाउँपालिका–१ रजेडका कमलसिंह खड्काले बोकेको भरुवा बन्दुक पड्किँदा सार्कीको दायाँ छातीमा गोली लागेको थियो। उनकाे घटनास्थलमै मृत्यु भएकाे हाे।

घटनापछि प्रहरीले खड्कासँगै रजेडका खेम खड्का, तारासिंह खड्का, सोही गाउँपालिका– २ का तेजेन्द्र भाट, अम्मर शाह, चक्र भाट, सुनिल बम, गणेश घर्तीमगर, मानबहादुर शाह र गर्भुजाका जुलेश नामजाली मगरलाई पक्राउ गरेको छ। 

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?