
बिएल संवाददाता
काठमाडौं
राजनीतिक खिचातानी र कर्मचारीको स्वार्थले गर्दा २७ जना सहसचिवको सरुवा गर्न सरकारले ढिलाइ गर्दै आइरहेको छ।
पुसको तेस्रो साता प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा २७ जना सहसचिवको सरुवाका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रस्ताव पठाएको थियो।
तर राजनीतिक खिचातानी र कर्मचारीहरुको आ–आफ्नो स्वार्थले गर्दा मन्त्रिपरिषद्ले सरुवाको निर्णय गर्न सकेको छैन।
एकै निकायमा २ वर्षभन्दा बढी समय बिताएका, प्रदेशमा लामो समय काम गरिसकेका र प्रदेशमा खटाउनुपर्ने तय भएकाहरुको सरुवा प्रस्ताव गरिएको थियो।
मन्त्री, सचिवहरुले आफू अनुकुलका सहसचिवहरु खोज्ने र सहसचिवहरुले आफूलाई लाभ हुने गरी पद र कार्यालयहरु खोज्ने गर्दा सरुवा नै अनिश्चित बनेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अधिकारीहरु बताउँछन्।
१ .
कोरियामा नेपाली कवि/कलाकार जीवन खत्रीलाई ‘रातो कार्पेट’
बिएल संवाददाता
-सियोल, दक्षिण कोरिया
२ .
पहिलो अमेरिकी नागरिक बने पोप
बिएल संवाददाता
-काठमाडौँ
३ .
४ .
५ .