
बिएल संवाददाता
काठमाडौँ
पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले मदन भण्डारीको सपना पूरा गर्ने अठोट फेरि एकपटक दोहोर्याउनु पर्ने बेला भएको बताएकी छन्।
सोमबार नयाँ वर्ष २०८२ सालको शुभकामना सन्देश जारी गर्दै उनले सो कुरा बताएकी हुन्।
देश र जनताको सामाजिक–आर्थिक उन्नतिका निम्ति समर्पण गरेको समय, मिहिनेत र प्रयासका बाबजुद सो उद्देश्य र लक्ष्य प्राप्तिमा अपेक्षित सफलता हासिल हुन नसक्नु विडम्बना भएको भण्डारीले जारी गरेको शुभकामना सन्देशमा उल्लेख छ।
‘कृषिलाई आधुनिकीकरण गरी उत्पादन र उत्पादकत्व बढाएर कृषि आधारित उद्योगसहित अनेकौँ आधुनिक औद्योगिक प्रतिष्ठानहरू विस्तार गर्न नसक्दा बेरोजगारहरूको ठूलो सङ्ख्या दिनप्रतिदिन बढिरहेको छ। कर्मचारी प्रशासनलाई जवाफदेही, कार्यमुखी र गतिशील तुल्याउन नसक्दा सर्वसाधारणले अनेकौँ झमेला र दुःख व्यहोर्न बाध्य हुनुपरेको छ।यी यावत समस्या, अवरोध र नकारात्मक प्रवृत्तिले गर्दा हाम्रो मौलिक संस्कृति, पहिचान र धर्मसमेत रक्षात्मक स्थितिमा पुगेको ठानिंदैछ। त्यसैले, विगत वर्षका यस्ता समस्या र नकारात्मक प्रवृत्तिहरूबाट गम्भीर पाठ सिकेर आजकै दिनबाट नयाँ सङ्कल्पका साथ विकास प्रक्रियालाई तीव्र तुल्याउनु पर्दछ,पूर्वराष्ट्रपति भण्डारीद्धारा जारी शुभकामना सन्देशमा भनिएको छ,‘स्वाधीन, सबल र आत्मनिर्भर अर्थतन्त्र निर्माणका दिशामा सरकारले आफ्ना प्रयासहरू थप तीव्र बनाउनु पर्दछ।’
१ .
कोरियामा नेपाली कवि/कलाकार जीवन खत्रीलाई ‘रातो कार्पेट’
बिएल संवाददाता
-सियोल, दक्षिण कोरिया
२ .
३ .
४ .
५ .
पहिलो अमेरिकी नागरिक बने पोप
बिएल संवाददाता
-काठमाडौँ