
बिएल संवाददाता
काठमाडाैं
आन्दोलनरत शिक्षकहरू र शिक्षामन्त्री रघुजी पन्तसहित पदाधिकारीहरू अहिले वार्तामा बसिरहेका छन्। वार्तामा शिक्षा सचिव दीपक काफ्ले, नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी, शिक्षक महासंघकी सहअध्यक्ष तथा आन्दोलनकी संयोजक नानुमाया पराजुली र महासचिव तुलाबहादुर थापालगायत सहभागी छन्।
बिहीबार शिक्षामन्त्रीका रुपमा सपथ लिएका पन्तले शुक्रबार नै शिक्षकहरूलाई वार्तामा बोलाएका थिए। तर मन्त्रालयले पठाएका शिक्षक प्रतिनिधिहरुका नाम र सिंहदरबार पुगेका शिक्षकहरूको नाम नमिलेपछि उनीहरू फर्किएका थिए।
साँझपख फेरि केही पदाधिकारीहरू शिक्षमन्त्रालय पुगेर नयाँ शिक्षामन्त्रीलाई बधाई दिएका थिए। यसअघि विद्या भट्टराईले राजीनामा दिएपछि रघुजी पन्त शिक्षमन्त्रीमा नियुक्त भएका हुन्।
भट्टराईले पनि पटक पटक उनीहरूलाई वार्ताम बोलाएकी थिइन्। तर कुनै सहमति हुन सकेन।
शिक्षकहरू २५ दिनदेखि काठमाडौंमा आन्दोलित छन्। शिक्षा ऐन जारी नभएसम्म घर नफर्किने भन्दै उनीहरूले वार्तासँगै आन्दोलन पनि जारी राख्ने जनाएका छन्।
१ .
कोरियामा नेपाली कवि/कलाकार जीवन खत्रीलाई ‘रातो कार्पेट’
बिएल संवाददाता
-सियोल, दक्षिण कोरिया
२ .
३ .
४ .
५ .
पहिलो अमेरिकी नागरिक बने पोप
बिएल संवाददाता
-काठमाडौँ