बुधबार, १४ मे २०२५

रिहा भए रेशम, थुनामा पठाउने अधिकृत आफैं थुनिए

News Image
• • •

सर्वोच्च अदालतको अनाधिकृत पत्रले काराकार पुगेका रेशम चौधरी रिहा भएका छन्।

बुधबार दिउँसो सर्वोच्च अदालतका शाखा अधिकृत महिमानसिंह विष्टलाई थुनामा पठाउन भन्दै पत्र लेखेपछि प्रहरीले चौधरीलाई पार्टी एकताको कार्यक्रमस्थलबाट पक्राउ गरेको थियो।

उक्त पत्र नै अनाधिकृत रहेको पुष्टि भएसँगै सर्वोच्चले अर्को पत्र लेखेर रेशमलाई थुनामुक्त गर्न आदेश दिएको थियो। उक्त पत्रपछि चौधरी रिहा भएका हुन्।

चौधरीलाई थुनामा पठाउन पत्र लेख्ने अधिकृत आफैं पक्राउ परेका छन्। उनीमाथि प्रहरीले अनुसन्धान अघि बढाएको छ।

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?