बुधबार, १४ मे २०२५

ऊर्जाराज्यमन्त्रीमा खमबहादुर गर्बुजा नियुक्त

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैं

News Image
• • •

ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्रीमा खमबहादुर गर्बुजा नियुक्त भएका छ्न्।

बुधबार नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम गर्बुजालाई राष्ट्रपति रामचन्द्र पौडेलले राज्यमन्त्री पदमा नियुक्त गरेका हुन्।

यही वैशाख १० गते प्रधानमन्त्री केपी शर्मा ओलीले यसअघिका उर्जा,जलस्रोत तथा सिँचाई राज्यमन्त्री पूर्णबहादुर तामाङलाई सरकारले गरेका निर्णयविरुद्ध सार्वजनिक विरोध गरेको भन्दै बर्खास्त गरेका थिए। 


 

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?