
बिएल संवाददाता
काठमाडाैं
भारतले पाकिस्तानका लागि आफ्नो ‘एयर स्पेस’ अर्थात् हवाई क्षेत्र बन्द गरिदिएको छ। जम्मु कश्मिरको पहलगाममा आतंकवादीले २६ जना पर्यटकको हत्या गरेपछि भारत-पाकिस्तानबीच तनाव चुलिदैं गएको छ।
यहीबीचमा भारतले पाकिस्तानमाथि हवाइ क्षेत्रमा पनि प्रतिबन्ध लगाएको हो। अब पाकिस्तानी बिमानहरू भारतको आकाशबाट उड्न पाउने छैनन्। त्यस्तै पाकिस्तानी लडाकु बिमान पनि अब भारतीय आकाशमा उड्न पाउने छैनन्।
यद्यपि भारत र पाकिस्तानबीच सिधा उडान भने छैनन्। पाकिस्तानी एयरलाइन्सले सिंगापुर, मलेसिया तथा पूर्वी एशियाका देशहरूमा उडान भर्नका लागि भारतीय हवाइ क्षेत्र प्रयोग गर्दै आएको थियो।
यसअघि नै भारतले पाकिस्तानमाथि कैयौ प्रतिबन्धहरू लगाइसकेको छ। उसले पाकिस्तानसँग भएको सिन्धु जल सम्झौताको स्थगन गरेको छ। त्यस्तै पाकिस्तानसँगका कैयौ ब्यापारिक नाकाहरू पनि बन्द गरेको छ।
पहलगाम घटनालगत्तै भारतले आफ्ना कुटनीतिज्ञहरूलाई पाकिस्तानबाट फिर्ता बोलाउँदै पाकिस्तानीहरूलाई पनि देश छोड्न आदेश दिएको थियो।
पाकिस्तानले पनि त्यस्तै जवाफी निर्णयहरू गरेको छ। भारतभन्दा अघि नै पाकिस्तानले आफ्नो एयर स्पेस भारतीय बिमानका लागि बन्द भएको घोषणा गरेको थियो।
१ .
कोरियामा नेपाली कवि/कलाकार जीवन खत्रीलाई ‘रातो कार्पेट’
बिएल संवाददाता
-सियोल, दक्षिण कोरिया
२ .
३ .
४ .
५ .
पहिलो अमेरिकी नागरिक बने पोप
बिएल संवाददाता
-काठमाडौँ