बुधबार, १४ मे २०२५

सिंहदरबारमा ओली, देउवा र प्रचण्डबीच भेटवार्ता

फाइल तस्बिर
• • •

तीन दलका शीर्ष नेताहरूबीच सिंहदरबारमा भेटवार्ता भएको छ।

बिहीबार प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)बीच सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा भेटवार्ता भएको हो।

प्रधानमन्त्रीको सचिवालयका अनुसार यतिबेला बैठक चलिरहेको छ। भेटवार्तामा पछिल्ला राजनीतिक घटनाक्रम र संक्रमणकालीन न्यायको विषयमा छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?