
बिएल संवाददाता
काठमाडौं
भारतले पाकिस्तानमा गरेको सैन्य कारबाही ‘अपरेसन सिन्धूर’को प्रतिक्रियामा पाकिस्तानले जवाफी कारबाही थालेको छ।
जम्मू-कश्मीरको सीमा रेखा नजिकको गाउँमा पाकिस्तानी सेनाले गरेको बमबारीमा १५ जना मारिएका र ५० बढी घाइते भएका पाकिस्तानी मिडियाले जनाएका छन्।
पाकिस्तानले जवाफी कारबाही थालेसँगै भारतले वायु, समुद्र र स्थलमा हाई अलर्टको रणनीति अपनाएको छ।
भारतीय समाचार एजेन्सी पीटीआईले जनाए अनुसार सीमा रेखा नजिकैको अग्रिम गाउँलाई निशाना बनाएर पाकिस्तानी सेनाले गरेको गोलीबारी तथा बमबारीमा चार बच्चा र एक सैनिकसहित १३ जनाको मृत्यु भएको छ।
पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफले पहलगाम जोडेर पाकिस्तानमाथि भारतीय आक्रमणको जवाफ दिएको प्रतिक्रिया दिएका छन्।
पाकिस्तानले जवाफी कारबाही बढाउन सक्ने सम्भावनालाई आँकलन गर्दै भारतको रक्षा मन्त्रालयले जल, थल र हवाइ सेनालाई हाइ अलर्टमा राखेको हो।
१ .
कोरियामा नेपाली कवि/कलाकार जीवन खत्रीलाई ‘रातो कार्पेट’
बिएल संवाददाता
-सियोल, दक्षिण कोरिया
२ .
३ .
४ .
५ .
पहिलो अमेरिकी नागरिक बने पोप
बिएल संवाददाता
-काठमाडौँ