बुधबार, १४ मे २०२५

मल वितरणमा ‘कोटा प्रणाली’ व्यवहारिक भएन: सांसद सापकोटा

News Image
• • •

नेकपा (माओवादी केन्द्र)का सांसद माधव सापकोटाले कोटा प्रणालीमार्फत मल वितरणको प्रक्रिया व्यवहारिक नभएको बताएका छन्।

बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले किसानले ५० किलो मल माग गर्दा मुश्किलले पाँच किलो मात्र प्राप्त गर्ने अवस्था रहेको बताए।

उनले भने, ‘हरेक वर्ष जब धान रोप्ने बेला हुन्छ। किसानले पर्याप्त मल पाउँदैनन्। कोटा प्रणालीमार्फत मल वितरण हुन्छ। तर त्यो व्यवहारिक र सहज छैन। किसानले ५० किलो मल माग गर्दा मुश्किलले पाँच किलो मात्र प्राप्त गर्छ।’

त्यस्तै, उनले जनताले यो सरकार किसानमैत्री भएन भनेर गुनासो गर्ने गरेको भन्दै  पर्याप्त मात्रामा मल उलपब्ध गराउन र दुधको पैसा भुक्तानी गराउन सरकारको ध्यानाकर्षण गराए।

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?