सोमबार, १२ मे २०२५

जनताको जीवन सहज बनाउन सरकार प्रतिबद्ध छः मन्त्री सिंह

News Image
• • •

उपप्रधान एंव शहरी विकास मन्त्री प्रकाशमान सिंहले नेपाली जनताको जीवन सहज गर्ने लक्ष्य पूरा गर्नको लागि सरकार अगाडि बढिरहेको बताएका छन्।

शनिबार काठमाडौंमा आयोजित पानी शुद्धीकरण प्लान्टको उद्घाटन कार्यक्रममा बोल्दै उनले जनताको जीवनस्तर उकास्ने हिसाबमा सरकार अगाडि बढेको भन्दै देशको व्यवस्था परिवर्तन गर्न केही समय लाग्ने बताएका हुन्।

उनले भने, ‘हामी यो राजनीतिमा किन लागि रहेका छौँ भने देश र जनताको राम्रो होस्। यो आम नेपाली जनताको चाहाना भनेको हरेकको जीवन सहज हुनुपर्यो भन्ने छ त्यो लक्ष्य पूरा गर्नको लागि हामी अगाडि बढिरहेका छौँ। तर देशको अवस्था परिवर्तन गर्नको लागि समय लाग्छ। छिटो होस् भन्ने सबैको चाहाना हो, तर अहिलेको अवस्थाभन्दा राम्रो अवस्थामा पुग्नको लागि समय लाग्छ। व्यवस्था परिवर्तन भएपनि अवस्था परिवर्तन भएन भन्नेहरूले बोल्ने पाउने अधिकार कहाँबाट पायो? त्यो पनि सोच्नु पर्छ।’

यस्तै, उनले योजनाहरू दिगो हुन बनाउनको लागि सरकारको मुख मात्र हेर्ने होईन आफ्नो तर्फबाट पनि पहल गर्नुपर्ने बताए।

उनले भने, ‘योजनाहरू दिगो हुनको लागि संघीय सरकार, प्रदेश सरकार, नगरपालिकाको मात्र मुख ताकेर हुँदैन। त्यसमा आफ्नो ठाँउबाट गर्नुपर्ने काम पनि गर्नुपर्छ। समुदायको लागि बनेको छ भने, त्यो समुदायबाट गर्न सक्ने कामहरू गर्नुपर्छ।’

विगतमा कमिकमजोरी भएकै कारण धोबी खोलामा गइरहेको ढललाई व्यवस्थापन हुन नसकेको भन्दै अब यी खोलाहरू स्वच्छ र सुधार गर्न प्रतिबद्ध भएर लाग्ने पनि उनको भनाई छ।

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?